एमालेले कञ्चनपुर गर्याे पुराना कम्युनिनिष्ट नेताहरूलाई सम्मान

महेन्द्रनगर । नेकपा एमाले अहिले मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमसहित जनताको घरदैलोमा व्यस्त छ। पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा पनि मिसन ग्रासरुट अभियानलाई तिब्रताका साथ सञ्चालन गरिएको छ ।

एमाले नेता कार्यकर्ता अहिले जनतासँग प्रत्यक्ष जाेडिन विभिन्न कार्यक्रम गरिरहेका छन । बुधबार एमालेले शुक्लाफाँटा नगरपालिकाका पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गरेकाे छ ।

शुक्लाफाँटा नगर कमिटीको समीक्षा बैठक तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम नगर कमिटी अध्यक्ष भक्तराज जोशीको अध्यक्षमा गरिएको थियाे ।
कार्यक्रममा हरेक वडाका २\२ जना गरि २४ जेष्ठ कम्युनिस्ट मञ्चका नेताहरूलाई सम्मान गरिएको हाे । पोलिटब्युरो सदस्य एवं सुदुरपश्चिम सह इन्चार्ज लिला भन्डारी प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हाे । नेता भण्डारीलाई एमालेले मिसन ग्रासरुट अभियानकाे केन्द्रीय प्रतिनिधिकाे रुपमा कञ्चनपुरमा खटाएको छ ।

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष सुरेन्द्र विष्टसहित अभियानका सहजकर्ता लगायत नेताहरूकाे सहभागी रहेको थियाे । अभियान अन्तर्गत एमालेले पार्टी सदृढिकरण, सदस्यता नविकरण, नेता कार्यकर्ता प्रशिक्षण र जनताका समस्या पहिचानसँगै समाधानका लागि आवश्यक उपायहरूकाे खाेजि समेत गरिरहेकाे पार्टी अध्यक्ष विष्टकाे भनाइ छ । अभियानसँगसँगै पार्टीले पालिका स्तरिय समिक्षा कार्यक्रम गरिरहेकाे छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्