महाकाली प्रादेशिक अस्पतालमा डाईलासिस सेवा सञ्चालन

महेन्द्रनगर २४ चैत । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डाईलासिस सेवा सुरु भएको छ । अस्पताल स्थापनाको ६ दशकपछि मृगौलाका बिरामीको उपचारका लागि डाईलासिस सेवा सुचारु गरिएको हो । शुक्रबारदेखि अस्पतालले डाईलासिसको परीक्षण सेवा सुरु भएको जनाएको छ ।
महाकाली अस्पतालका निमित्त मेसु डा.अर्जुन भट्टले अहिले परिक्षणको रुपमा सेवा शुरु भएको बताए । ‘हामीसंग पाँच मेसिन छन, ‘उनले भने, ‘मेसिन अनुरुप बेड राखेर सेवा संचालन गरिरहेका छौँ ।’
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाईलासिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाललाई ५बाट वृद्धि गरेर १० बेड बनाउने लक्ष्य रहेको छ । ‘अहिले दिउँसो मात्रै २ सिप्टमा चलाउने योजना छ, ‘उनले भने, ‘विस्तारै डे नाईट चलाउँछौँ ।’ डाईलासिस कक्षमा नर्सिङ्ग अधिकृत राजेश्वरी समाल (बडाल)ले जिम्मेवारी पाएका छन ।
अहिले भीमदत्त नगरपालिका–१० तिलकेनीका नन्दराज जोशीले डाईलासिस सेवा लिईरहेका छन् । तीन वर्षदेखि मृगौला पीडित जोशीले अब घर आगँनकै अस्पतालमा उपचार सेवा शुरु भएपछि खुसी व्यक्त गरे । ‘पहिलो धनगढी सेती अस्पतलमा उपचार गर्न जान्थे, ‘उनले भने, ‘आजदेखि मैले यही सेवा पाएको छुँ, खुसी लाग्यो ।’
डाईलासिस सेवा परिक्षणका लागि स्वास्थ्य मन्त्रालयका बरिष्ठ नेफ्रोलोजिष्ठ डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ्ग महाशाखाका डा. खगेश्वर गेलाल सहितले टोलि महेन्द्रनगर पुगेको छ । महाकाली अस्पतालमा डाईलासिस सेवा नहुदाँ बिरामीहरुले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्