महेन्द्रनगर आखाँ अस्पतालबाट पाँच वर्षमा एक लाख बढीले लिए ओपीडी सेवा

महेन्द्रनगर । नेपाल नेत्रज्योती संघ कञ्चनपुरको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार महेन्द्रनगरमा संघको दोस्रो अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्धघाटन जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा गरे । साधारण सभामा संघका सचिव बसन्त राज पाण्डेयले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४\७५ देखि २०७८\७९ सम्ममा एक लाख नौ हजारले ओपीडी सेवा लिएका छन् ।

संघका अध्यक्ष डा. भोजराज पन्तको नेृतत्वमा अस्पतालले पछिल्ला पाँच वर्षमा तीन हजार छ सय १७ सर्जरी र १२ हजार तीन सय ९९ जना विद्यार्थीको आँखा जाँच गर्नुका साथै एक सय ७१ जना विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरेको छ । ५८ वटा स्क्रिनिङ शिविर सञ्चालन, २६९ महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको संघले ६० जना शिक्षक, शिक्षीकाहरुलाई पनि आखाँ जाँच सम्बन्धि तालिम दिएकोे छ । २०३५ सालमा स्थापना भएको नेत्रज्योती संघ कञ्चनपुरमा भने २०७० सालमा मात्रै विस्तार गरिएको थियो ।

२०७० मंसिरमा पन्तको नेृतृत्वमा गठित तदर्थ समितिको ०७५ मंसिरमा सम्पन्न भएको पहिलो अधिवेशनले पन्तकै नेतृत्वमा कार्य समिति चयन गरेको थियो । साथै जिल्लाको दोधरा चाँदनी नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा संघले आखाँ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष पन्तले बताए । साथै संघले नेत्रदानलाई अभियानको रुपमा सञ्चालन गरिरहेको उनको भनाई छ ।

महेन्द्रनगरमा सुरु भएको दोस्रो अधिवेशनले संघको नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशन उद्धघाटनशस्त्रमा नेत्रज्योती संघका केन्द्रीय उपाध्यक्ष चक्र बहादुर सिंह, भीमदत्तकी उप मेयर निलम लेखक लगायतको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्