महासंघको केन्द्रीय सदस्यका लागि व्यवसायी मल्ल र जोशी चुनावी दौडमा

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी र निवर्तमान अध्यक्ष जंग बहादुर मल्ल महासंघको केन्द्रीय सदस्यका लागि चुनावी तयारीमा जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा केन्द्रीय कार्य समिति सदस्यका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका दुई अध्यक्ष आकांक्षी दिखिएका छन् ।

चैत्र २८ र २९ गते काठमाण्डौँमा उद्योग वाणिज्य महासंघको ५६ औँ महाधिवेशन हुदैँछ । महाधिवेशनबाट महासंघको नयाँ कार्य समिति सदस्यका लागि मल्लले सुप प्रदेशबाट र जोशीले खुल्लातर्फबाट उम्मेदवारी दिने तयारी छ ।
केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेको निवर्तमान अध्यक्ष मल्लले सुदूरपश्चिम प्रदेशको प्रतिनिधिको रुपमा आफु केन्द्रीय समितिमा जान चाहेका छन् । चुनावी प्रचार प्रसारमा रहेका मल्लले सुदूरपश्चिमको आर्थिक समृद्धि तथा विकासका एजेण्डहरु अघि सारेका छन् ।
‘यस क्षेत्रको आर्थिक विकासका लागि महासंघमा यसै क्षेत्रको प्रतिनिधित्व अपरिहार्य छ,‘मल्लले भने, ‘सुदूरपश्चिममा त्रिदेशीय नाका निर्माणदेखि समग्र प्रदेशको औद्योगिक विकासका लागि योजना छ, त्यसलाई कार्यान्वयनका लागि मेरो पहल रहन्छ ।’ निवर्तमान अध्यक्ष मल्लले यस क्षेत्रका आर्थिक मुद्धाहरुलाई सशक्त रुपमा उठाउँदै आएका छन् ।

त्यस्तै केन्द्रीय सदस्यको उम्मेवारीका लागि चुनावी तयारी तिव्रताका साथ भईरहेको कञ्चनपुर वाणिज्य संघको अध्यक्ष जोशीले बताए । खुल्लातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार रहेका जोशीले उद्योगी व्यवसायीको हकहितसँगै आर्थिक विकासका योजनालाई कार्यान्वयनका लागि पहल गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्