नेत्रज्योती संघ कञ्चनपुरको सभापतिमा पुनः डा पन्त चयन

महेन्द्रनगर । नेपाल नेत्रज्योती संघ कञ्चनपुरको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको संघको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनले संघको सभापतिमा पुनः डा. भाेजराज पन्तलाई चयन गरेकाे छ । २०७० मंसिरमा पन्तकै नेृतृत्वमा गठित तदर्थ समितिको गठन भई नेत्रज्योतिकाे शाखा कञ्चनपुर विस्तार गरिएको थियाे । २०७५ मंसिरमा सम्पन्न भएको पहिलो अधिवेशनले पन्तकै नेतृत्वमा कार्य समिति चयन गरिएकोमा दाेस्रो अधिवेशनले पनि डा. पन्तलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
त्यस्तै उपाध्यक्षमा टेकराज भारती, सचिव बसन्त राज पाण्डेय, कोषाध्यक्षमा दयाकृष्ण जाेशी, सह सचिवमा दिपकराज चालिसे, सह काेषाध्यक्ष अशाेक प्रशाद पाण्डे चयन चयन भएका छन् ।
त्यस्तै संघको कार्य समिति सदस्यमा अशाेक विक्रम जैरु, सुरेश सिंह भण्डारी, अनिता पन्त, मिना पाठक, भुवन प्रशाद बाेहरा, त्रिभुवन कुमार भट्ट, गणेश राज बाेहरा चयन भएका छन् ।
साधारण सभामा संघका सचिव बसन्त राज पाण्डेयले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४\७५ देखि २०७८\७९ सम्मा एक लाख नौ हजारले ओपीडी सेवा लिएका छन् ।
संघका अध्यक्ष डा. भोजराज पन्तको नेृतत्वमा अस्पतालले पछिल्ला पाँच वर्षमा तीन हजार छ सय १७ सर्जरी र १२ हजार तीन सय ९९ जना विद्यार्थीको आखा जाँच गरिनुका साथै एक सय ७१ जना विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिएको छ । ५८ वटा स्क्रिनिङ शिविर सञ्चालन, २६९ महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको संघले ६० जना शिक्षक, शिक्षीकाहरुलाई पनि आखाँ जाँच सम्बन्धि तालिम दिएकोे छ । संघले जिल्लाको दोधरा चाँदनी नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा संघले आखाँ उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष पन्तले बताए । साथै संघले नेत्रदानलाई पनि अभियानको रुपमा सञ्चालन गरिरहेको उनको भनाई छ । अधिवेशनको उद्धघाटन जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले गरेका थिए ।
महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत धामी सम्मानीत

महेन्द्रनगर आँखा अस्स्पतालमा कार्यरत नेत्र अधिकृत बिर सिंह धामी सम्मानीत भएका छन् । शनिबार भएको नेपाल नेत्रज्योती संघ कञ्चनपुरको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन समारोहमा नेत्र अधिकृत धामी सम्मानीत भएका हुन् । विगत आठ वर्षदेखि महेन्द्रनगर आँखा अस्पतालमा सेवा दिईरहेका धामीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा संघले प्रमाणपत्रसहित सम्मान गरेको हो ।


२०५४ सालमा गेटा आँखा अस्पालबाट सेवा सुरु गरेका अधिकृत धामी २०७१ देखि महेन्द्रनगर आँखा अस्पतालमा सेवारत छन् । साथै संघबाट सम्मानीत हुन पाउँदा खुसी लागेको बताउँदै उनले अस्पतालको सेवालाई थप व्यवस्थीत र प्रभावकारी बनाउन हौसला मिलेको बताए । त्यस्तै संघले अस्पतालका अर्का कर्मचारी मिथुन चौधरीलाई पनि प्रमाणपत्रसहित सम्मान गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्