अत्तरियामा मेसुसहित स्टाफ नर्स प्रहरी नियन्त्रणमा, महेन्द्र राजमार्ग अबरुद्ध

धनगढीः कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म तनाब कायमै छ।
आइतवार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो। अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्।
यो समाचार तयार गर्दासम्म पनि मृतका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्। मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले लिनुपर्ने भन्दै प्रदर्शन भइरहेको मृतकका आफन्त गोपालदत्त भट्टले बताए ।

दिनभर समस्या समाधानको लागि छलफल भए पनि कुनै सहमति नहुँदा मृतकको शव उठाइएको छैन। समस्याको समाधानको लागि गोदावरीका नगरप्रमुख बिरेन्द्र भट्ट पनि अस्पताल पुगेका छन्। आफन्तले घटनामा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई हिरासतमा राखेर छानबिन हुनुपर्ने माग राखेपछि अहिले अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्