शिक्षकले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेपछि अभिभावक पनि आकृर्षित

बोडिङ छोडेर सामुदायिक विद्यालयमा भर्ना हुदैँ बालबालिका

महेन्द्रनगर । शिक्षक सहितका विद्यालय व्यवस्थापन समितिले भर्ना अभियानलाई सक्रिय बनाएपछि अभिभावकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्न थालेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई पनि सोहि स्कुलमा भर्ना गराएर अभिभावकको घरदैलोमा पुग्न थालेका छन् ।
लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारी र प्रद्यानाध्यापक प्रमानन्द नाथले आफ्ना छोराछोरी विद्यालयमा भर्ना गरेपछि अन्य शिक्षक एव कर्मचारी, जनप्रतिनिधीले पनि आफ्ना बालबालिकालाई भर्ना गरेका छन । गत चैत्रदेखि प्रधानाध्यपक नाथसहितको टोलीले अभिभावकको घरदैलोमा पुगेर विद्यार्थी भर्नाका लागि अभियान चलाएका छन् । साथै उनले अभिभावकसँगै गुणस्तरीय शिक्षाको प्रतिबद्धता समेत व्यक्त गरिरहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले छोरी प्रियासी भण्डारीलाई बाल विकास र प्रअ नाथले छोरा रोशन नाथलाई कक्षा ८मा भर्ना गरेपछि अन्य शिक्षक एव कर्मचारी, जनप्रतिनिधीले आफ्ना बालबालिकालाई पनि सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।
प्रअ नाथ र अध्यक्ष भण्डारी स्वयम आफैले विद्यालयको चौतर्फि विकासका लागि अग्रसर भएपछि अन्य शिक्षक, विद्यालय कर्मचारी र जनप्रतिनिधीले विश्वासका साथ आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन ।
भीमदत्त नगरपालिका १९ की वडा सदस्य भागरथी कुँवर, शिक्षक अभिभावक संघकी सदस्य बिस्मती चौधरी, मावि शिक्षक टेक राज भट्ट, निमावि शिक्षिका ज्योति बोहरा, विद्यालयका सुचना अधिकारी समेत रहेका शिक्षक बिरेन्द्र चौधरी, प्रावि शिक्षक कृष्ण दत्त जोशी, आधारभूत शिक्षिका सन्ध्या पाण्डे, बाल विकासकी शिक्षिका भागरथी पन्त, शिक्षिका बसन्ती नाथ लगायतले आफ्ना बालबालिकालाई पनि सामुदायिक विद्यालयमा भर्ना गरेका छन् ।

प्रधानाध्यापक नाथले शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी सहितले निजीबाट आफ्ना सन्तान छुटाएर सामुदायिक विद्यालयमै भर्ना गराईरहेको बताए । उनका अनुसार छोरोछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने अभिभावकलाई विद्यालयले सम्मान समेत गरेको छ । शिक्षक नाथले प्रधानाध्यापकको जिम्मेवारी पाएपछि शिक्षक, अभिभावक, विद्यार्थीसंग त्रिकोणात्मक सम्बन्ध, समन्वय गरेर विद्यालयको शैक्षिक गुणस्तरवद्धि जोड दिदैँ आएका छन् । लक्ष्मी माविले ११ बैशाखमा नयाँ विद्यार्थीको प्रवेश परीक्षा लिईने जनाएको छ । २०३९ सालमा स्थापना भएको विद्यालयमा अग्रेजी तथा नेपाली माध्यमबाट पठन पाठन भईरहेको विद्यालयले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्