महेन्द्रनगर । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपालले विपद जोखिम व्यवस्थापनबारे प्रभावित क्षेत्रका स्थानीयलाई तालिम दिएको छ । निडस नेपाल र मर्सिकोरको साझेदारीमा सञ्चालित आर्थिक विकास मार्फत विपद जोखिम व्यवस्थापन परियोजना(एम–रेड)ले विपद पुर्व सुचना प्रणालीबारे तालिम दिएको हो ।

निड्स नेपालको फिल्ड कार्यालय बेलौरीमा शनिबारबाट सुरु गरिएको तालिम सोमबार सम्पन्न भएको छ । एम–रेड परियोजनाका संयोजक नवीन भट्टले विपद जोखिम रहेका क्षेत्रका स्थानीयलाई पुर्व सुचना प्रणालीबारे तीन दिने तालिम दिईएको बताए । उनका अनुसार तालिममा पूर्व सुचना प्रणालीको प्रयोगद्धारा समुदायको जोखिम न्यूनीकरण अवधारणा, समुदायमा आधारित पूर्व चेतावनी प्रणाली स्थापनाका चरणहरु, खबर आदान–प्रदान, जल तथा मौसम विज्ञान विभागको भूमिका, प्रतिकार्यको लागि पूर्व तयारी, पुर्व सुचना प्रणलीका दिगोपना, स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम व्यवस्थापनबारे वर्तमान कानूनबारे सहभागीतालाई प्रशिक्षण गराईएको छ ।

दोदा नदी क्षेत्रमा रहेको पुर्व सुचना प्रणालीमा आधारीत विषय वस्तुमा रहेर तालिम संञ्चालन गरिएको थियो । निडस नेपालकी अध्यक्ष दुर्गा देवि खरेल अध्यक्षता उद्धघाटन गरिएको तालिममा बेलौरी नगरपालिकाका उप–प्रमुख जोग राम चौधरीको प्रमुख आतिथि रहेका थिए ।तालिममा बेलौरी नगरपालिका–५ को सुदर्शनपुर, उदयपुर, लालझाडी गाउँपालिका– १ को नौरगां, खल्लाबिचवा, बिनवारी, वडा नम्बर २ को कन्ज र कस्वा समुदायका पुर्व सुचना प्रणाली कार्यदलका संयोजक र सदस्यहरु सहभागि रहेको थियो ।

तालिममा लालझडी क्षेत्रमा दोदा नदीमा रहेको गेजको फिल्ड अवलोकन गरि समिक्षा समेत गरिएको थियो । तालिमका सहभागिलाई प्रमाणपत्र पनि उपलब्ध गराईएको छ । पुर्व सुचना कार्यदलले बाढीको समयमा समुदायलाई कसरी पुर्व सुचना प्रदान गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिएका छन् । तालिमले विपद जोखिम व्यवस्थापनसँगै त्यसबाट हुन सक्ने क्षती न्युनीकरण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । एम रेड परियोजना कञ्चनपुरको कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा सञ्चालनमा रहेको छ । परियोजनाले दोदा नदी किनारमा रहेका समुदायहरुमा सामुदायिक विपद व्यवस्थापन समिति गठन गरि समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गदैँ आएको छ ।