नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले दुई दिने वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बैंकले महेन्द्रनगरको ब्रिक्सटन कलेजका विद्यार्थीलाई गत शुक्रबार र मंगलबार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम गरेको हो ।

बैंकका महेन्द्रनगर शाखा प्रवन्धक किशोर रिजालले दुई दिने वित्तिय साक्षरता कार्यक्रममा ६ सय बढी विद्यार्थीलाई अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरेको हो । उनका अनुसार वित्तिय सारक्षता कार्यक्रम अन्तरगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिईएको छ ।


कार्यक्रमको पहिलो दिन बैशाख ८ गते बैंकका प्रादेशीक कार्यालय प्रमुख सन्तोस कुमार भण्डारी, शाखा प्रवन्धक किशोर रिजाल र कर्जा सहायक सुरज भट्टले वित्तिय साक्षरताबारे प्रस्तुति गरेका थिए । त्यस्तै दोस्रो दिन बैशाख १२ गते शाखा प्रवन्धक रिजाल र कर्जा अधिकृत लक्ष्मी प्रशाद जोशी र कर्जा सहायक सुरज भट्टले कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धि सहभागीलाई अभिमुखिकरण गराएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्