महिला स्वास्थ्य स्वयंसेविकालाई आखा स्वास्थ्य शिक्षाबारे आधारभूत तालिम

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाका महिला स्वास्थ्य स्वयम सेविकालाई आखा स्वास्थ्य शिक्षाबारे आधारभूत तालिम दिईएको छ । नेपाल नेत्र ज्योति संघ गेटा र आँखा अस्पताल महेन्द्रनगरले वेदकोट नगरपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आखा स्वास्थ्य शिक्षा आधारभूत तालिम दिएको हो ।

आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत वीर सिंह धामीले आखा स्वास्थ्य शिक्षाबारे महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आधारभूत तालिम दिएको बताए । उनका अनुसार आँखा सम्बन्धी रोगबारे बारे जानकारी, त्यसको पहिचान, आँखाको हेरचाहसँगै स्वस्थ्य कसरी राख्ने भन्नेबारेमा महिला स्वयम सेविकालाई तालिम दिईएको छ । त्यस्तै आँखाका बिरामीहरुलाई समयमै त्यसको उपचारका लागि आँखा अस्पताल पठाउनु पर्नेपनि उनिहरुलाई सुझाईएको छ ।

साथै तालिममा नेपाल नेत्र ज्योति संघ गेटा, आँखा अस्पताल शाखा महेन्द्रनगरको बारेमा सहभागीलाई संक्षिप्त जानकारी समेत गराईएको थियो । तालिममा नेत्र ज्योति संघ कञ्चनपुरका सभापति डा. भोज राज पन्त लगायत बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, स्वास्थ्य शाखा प्रमुख हरिसा पाललगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्