कञ्चनपुरमा युवा संघ र अनेरास्ववियुले रक्तदान गरि मनाए स्थापना दिवस

महेन्द्रनगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियुन (अनेरास्ववियु) ले कञ्चनपुरमा रत्तदान कार्यक्रम गरि स्थापना दिवस मनाएका छन् । राष्ट्रिय युवा संघको ३४ औं र अनेरास्ववियुको ५९ औं स्थापनमा दिवसको अवसरमा कञ्चनपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।


अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले रत्तदान गरि संगठनको स्थापना दिवस मनाईएको बताए । उनका अनुसार रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदीन रत्तदान कार्यक्रम गरिएको बताए ।
राष्ट्रिय युवा संघ र अनेरास्ववियु कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको रत्तदान कार्यक्रममा रेडक्रस सोसाइटीकञ्चनपुर शाखाले प्राविधिक सहयोग गरेको थियो ।


राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष केशब चन्दले पार्टीका दुवै संगठनले संयुक्त रुपमा रत्तदान गरि स्थापना दिवस मनाएको बताए । उनका अनुसार दिवसको अवसरमा रत्तदानसँगै एमाले नेता कार्यकर्ताबिच शुभकामना आदान–प्रदान गरिएको छ । कार्यक्रममा नेकपा एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्