‘शैक्षिक शुल्क वृद्धी गरेर शिक्षामा व्यापारिकरण गर्न खोजिदैँ छ’: संयुक्त विद्यार्थी संगठन

महेन्द्रनगर । कञ्चनपुरस्थित संयुक्त विद्यार्थी संगठनहरुले शैक्षिक शुल्क वृद्धी गरेर शिक्षामा व्यापारिकरण गर्न खोजिएको आरोप लगाएका छन् । सोमबार महेन्द्रनगरमा पत्रकार संम्मेलन गदैँ संयुक्त विद्यार्थी संगठनले यस्तो दावि गरेका हुन् ।
जिल्लाका चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र विप्लव क्रान्तिकारीले संयुक्त पत्रकार सम्मेलन गर्दै चालु शैक्षिक सत्रमा विद्यार्थी भर्नाका नाममा सामुदायिक र निजी विद्यालयले शैक्षिक शुल्क वृद्धिसंगै बेथिति मौलाएको प्रतिक्रिया दिएका छन् । सामुदायिक विद्यालयले निःशुल्क विद्यार्थी भर्ना गर्नुपर्ने भएपनि विभिन्न शिर्षकमा रकम अशुलिरहेको संगठनका नेताहरुको दावि छ । त्यस्तै निजी विद्यालयले कानुन विपरित विद्यार्थीबाट चर्को भर्ना शुल्क र मनोमानी रुपमा शुल्क वृद्धि गरेको उनिहरुको आरोप छ ।
चालु शैक्षिक सत्र सुरुवातमै सामुदायिक तथा निजी विद्यालयसंग विद्यार्थी संगठनले शुल्क वृद्धि नगर्न भन्दैँ शैक्षिक संघ संस्थाहरुलाई सचेत गराएपनि कतिपय संस्थाहरुले अटेर गरेको अखिल क्रान्तीकारी कञ्चनपुरका अध्यक्ष भुवन सिंह विष्टले बताए । उनले शिक्षामा देखिएको बेथिति रोक्नका लागि संयुक्त विद्यार्थीले दुई महिना पहिले नै सरोकारवालाई समेत गराएको बताए । ‘हामीले त यस अघि नै शुल्क, पाठ्यपुस्तक, दिवा खाजाको विषयमा शिक्षासंग सरोकार राख्ने निकायको संयुक्त प्रेस नोट मार्फत ध्यानाकर्षण गराईसकेका थियौँ,।’ उनले भने, ‘संघीय सरकारले हाम्रो शैक्षिक एजेण्डामा ध्यान दियो, पालिका र विद्यालयले ध्यान दिएन ।’
त्यस्तै केही सामुदायिक विद्यालयले अग्रेजी माध्यमबाट पढाउने नाममा सरकारको नीति विरुद्धमा पाठ्यपुस्तक परिर्वतन गर्नेदेखि विभिन्न शिर्षकमा रकम अशुलिरहेको उनको दावि छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले निजी विद्यालयले मनपरी ढङगबाट ५ देखि २० प्रतिशतसम्म शुल्क वृद्धि गरेर अभिभावकमाथि आर्थिक भार थप्ने काम गरिएको बताए । ‘हामीले अनुगमन गर्दा गत वर्ष भन्दा निजी विद्यालयले शुल्क वृद्धि गरेको पाएका छौँ ।’ उनले भने, ‘निजी मात्रै होईन सामुदायिक विद्यालयमा समेत शुल्कका नाममा बेथिति नै छ, उनिहरुले विभिन्न शिर्षकमा रकम अशुली गरिरहेका छन् ।’ निजी संस्थाहरुले शिक्षालाई व्यापारिकरण गर्न खोजिरहेको उनको आरोप छ । उनले विद्यार्थीमाथि अनावश्यक शुल्क भार थप्ने कार्य नरोकिए आन्दोलनको चेतावनी दिएका छन ।
त्यस्तै कांग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरका सभापती रमेश चटौतले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क अशुल्ने काम निन्दनिय भएको बताए ।‘हामीले खबरदारी गर्दा गर्दै पनि कतिपय निजि विद्यालयले चर्को शुल्क लिईरहेका छन्, ।’ उनले भने शिक्षा क्षेत्रका बेथिति अन्त गर्नका लागि विद्यार्थी संगठनहरुले सामुहिक रुपमा प्रयास गरिरहेका छौँ ।’ नेकपा विप्लव निकट अखिल क्रान्तिकारी जिल्ला संयोजक अनिल घडेरीले पनि सरकार विद्यालयले समेत अनेकन बहानामा विद्यार्थीलाई शुल्क अशुल्ने गरेको र निजी विद्यालयले आफुखुसी शुल्क निर्धारण गरेर विद्यार्थी अभिभावकको ढाड सेक्ने गरी शुल्क लिईरहेको दावि गरे । ‘केही सामुदायिक विद्यालयले पाठ्यक्रम विकास केन्द्रले निर्धाण गरेका पुस्तक लत्याउँदै, निजी पब्लिकेशनका किताब लागु गरेका छन, ‘उनले भने, ‘यो भन्दा लज्जाको विषय अरु के हुनसक्छ ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्