भीमदत्तको सुकुम्बासीका आगलागी पिडितलाई वडा कार्यालयले १५ हजार सहयोग उपलब्ध गराउने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा आगलागी भएको छ । उक्त क्षेत्रमा रहेको सुकुम्बासी वस्तीमा आगलागी हुँदा कलावतकिो सिंहको घर पूर्ण रुपमा क्षती पुगेको छ । घरमा कोही नभएको बेलामा ताला लगाएको घरमा एक्कासी आगलागी भएको पिडित सिंहले बताईन् । वडाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन गएको बेलामा छिमेहीले जानकारी गराएपछि मात्रै आगलागीको जानकारी पाएको उनले बताईन् ।

जिल्ला प्रहरकिार्यालय कञ्चनपुरले प्रारम्भिक अनुसन्धानमा विद्युत तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ । उनको एक तले २ कोठा रहेको कच्ची घरमा आगलागी भएको हो । आगलागी भएर घर र घरभित्रका सबै समान जलेर खरानी भएका छन् ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा सहितको टालीको सक्रियताले आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट घर र घरभित्रका सबै समान जलेको बताए । उनका अनुसार घरभित्र राखिएका नगद सहित लत्ता कपडा र खाद्यान्न सबै जलेका छन् । भाँडाकुँडा पनि जलेर काम नलाग्ने भएका छन् । वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरुप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गरेका छन् ।

वडा अध्यक्ष देवकोटाले यो दुःखद घट्ना भएको छ, तत्काल वडाबाट विपद व्यवस्थापनबाट राहत स्वरुप १५ हजार सहयोग गर्ने जानकारी दिए । स्थानीयले आगो लागेको जानकारी गराएपछि वडा अध्यक्ष देवबकोटा सहित सदस्यहरु तत्काल त्यहाँ पुगेका थिए । वडा अध्यक्ष देवकोटा सहित वडा सदस्य हेम वस्नेत, रुपा जैरु, सीता भण्डारी लगायत कार्यक्रमका सहभागी, नगर प्रहरी र अन्य स्थानीय सबैले पानी फालेर आगो नियन्त्रणमा लिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्