कालीकोटको सन्नि त्रिवेणीमा सानिमा बैंकको वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । कालीकोटको सन्नि त्रिवेणी गाउँपालिकामा सानिमा बैंकले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिबार गाउँपालिकाको सभा हलमा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको बैकले मंगलबार कालिका माध्यमिक विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरताबारे जानकारी दिईएको छ ।

बैकले कालिका माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीलाई वित्तिय साक्षरताबारे जानकारी दिएको हो ।
बैंकका शाखा प्रवन्धक नरेन्द्र बहादुर बमले बचत, ऋण, पुजीबजार, विप्रेषण, अनलाईन बैंकीङ, सम्पत्ती सुद्धीकरणलगायतको विषयमा सहभागीलाई जानकारी गराईएको बताए ।

त्यस्तै आम नागरिकलाई बैंकिङ सेवाको पहुँचमा जोड्न र त्यसबारे जानकारी दिन वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको शाखा प्रवन्धक बमको भनाई छ । बैंकले शनिबार सन्नी त्रिवेणीमा वित्तिय कार्यक्रममा आयोजना गरिएको थियो । जसमा कर्मचारी, शिक्षक, विभिन्न संघ संस्थाका प्रतिनिधिलगायत स्थानीयको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्