पुनर्वासमा मनाईयाे राष्ट्रिय धान दिवस,जनप्रतिनिधिले राेपे धान

लाल बहादुर एस के
महेन्द्रनगर । शुक्रबार देशव्यापी रुपमा धान दिवस मनाईएकाे छ । कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले पनि एक कार्यक्रम गरि धान दिवस मनाएकाे छ ।
नगरपालिकाकाे कृषि विकास शाखाकाे आयोजना तथा फियान नेपालकाे सहयाेगमा २० औं राष्ट्रिय धान दिवस मनाईएकाे हाे । पुनर्वास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा पुनर्वास आर्थिक विकास शाखाका संयोजक मोहन लाल रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा  नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।

साथै कार्यक्रम निवर्तमान नगर प्रमुख जीवनराज थापा र निवर्तमान उप प्रमुख शारदा विष्ट शर्मासमेत उपस्थिति रहेकाे थियाे । उनिहरुले संयुक्त रुपमा खेतमा धान राेपेर दिवस मनाएका छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाएर धान दिवस मनाईएकाे छ।
यसवर्षको  ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारासहित देशव्यापी रुपमा धान दिवस मनाईएकाे छ ।

पुनर्वास नगरपालिका-६ मा आयोजित धान दिवसमा पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया कुमारी राना, सबै  वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य, नगरपालिका सुचना अधिकृत धौलराम सार्की, कृषि विकास शाखा प्रमुख कर्ण बहादुर शाहीलगायत राजनीतिक दलका प्रतिनिधि  र स्थानीयकाे सहभागीता रहेको थियाे ।
कार्यक्रममा नगर  प्रमुख शर्माले पालिकाले किसानकाे हितमा उत्पादन वृद्धि मुलक कार्यक्रम ल्याउने बताए । साथै कृषिलाई आधुनिक र प्रविधि मैत्री बनाउनुपर्नेमा उनको जाेड छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्