लिटिल बुद्ध देशभरकै उत्कृष्ट माविमा छनाैट ,  राष्ट्रिय शिक्षा सम्मान–२०८० द्धारा सम्मानित

महेन्द्रनगर । कञ्चनपुर महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी राष्ट्रिय शिक्षा सम्मान–२०८० द्धारा सम्मानीत भएको छ । शनिबार  फोकस नेपालद्धारा आयोजित एक कार्यक्रममा लिटिल बुद्ध  सम्मानीत भएको हो । ‘फोकस नेपाल’ संस्थाद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती’ विषयक विचार गोष्ठीमो लिटिलबुद्धलाई सम्मान गरिएको हो ।

विद्यार्थी संख्या, परिक्षाको नतिजा, अतिरिक्त क्रियाकलाप, भौतिक पूर्वाधार, दक्ष जनशक्तिबाट अध्यापन, सामाजिक सेवामा योगदान, देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदान लगायतको मापदण्डका आधारमा   उत्कृष्ट मावि छनौट गरिएको प्रमाणपत्रमा उल्लेख छ । फाेकस नेपाल उत्त मापदण्डकाे आधारमा वर्षेनि उत्कृष्ट मावि छनाैट गरि सम्मान गर्दै आएको छ ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सीपल श्याम सिंह मौनीले विभिन्न मापदण्ड अनुसार लिटिल बुद्ध उत्कृष्ट माविमा  छनौट भएको बताए । उनका अनुसार प्लस् टु सम्म अध्यापन हुने लिटिल बुद्धमा हाल दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । विज्ञान र वाणिज्य संकायको अध्यायन हुने यो मावि जिल्लामै अग्रणी शैक्षिक संस्था मध्येमा पर्छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसी, विशिष्ट अतिथि पुर्व शिक्षा मन्त्री देवेन्द्र पाैडेल रहेका थिए ।
  प्रिन्सीपल मौनीले उत्कष्ट माविमा छनौट भई सम्मानीत हुदाँ आफुहरुको हौसला बढेको बताए । उनले  शैक्षिक विकास र गुणस्तरिय शिक्षाका लागि आफुहरु पुर्ण प्रतिवद्ध रहेको बताए  ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्