१५ औँ अन्तर्राष्ट्रिय कोरियन खुला कराते च्याम्पियनसिपमा नेपालका आशिसलाई कास्य पदक

महेन्द्रनगर । कोरियामा सम्पन्न १५ औ अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपमा नेपालका आशिस धामीले कास्य पदक जितेका छ्न। शनिबार काेरियामा भएकाे च्याम्पियनसिपमा धामीले ७५ प्लस ताैल समुहमा प्रतिस्पर्धा गरेका थिए। सेमिफाइनलमा भारतसँग नेपालसँग ५-६ को इस्कोर ले पराजित भयेकाे थियाे भने क्वाटर फाइनलमा कोरियासँग ८-० को फराकिलो इस्कोरले जित हात परेकाे थियाे ।

कञ्चनपुरकाे भिमदत्त-१६ मझगाउँका धामी एक दसक देखिनै कराते खेल्दै आएका थिए । उनले गत वर्ष मलेसियामा पनि पदक अन्तर्राष्ट्रिय पदक जितेका थिए ।

राष्ट्रियसहित अन्तर्राष्ट्रिय स्पर्धामा कञ्चनपुरका खेलाडीले राम्रो प्रदर्शन गरेकाेमा कराते प्रशिक्षक बिरेन्द्र चन्दले खुसि व्यत्त गरे । उनले सरकारले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्नु समेत बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्