उदयदेव सहकारीले कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगर स्थित उदयदेव सहकारी संस्थाले कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ ।  सहकारीले साेमबार सुचना जारी गर्दै सहकारी शेयर सदस्यका छाेराछाेरीलाई कृषि जेटिए पढ्ने विद्यार्थीलाई   ५० प्रतिशत छात्रवृत्ति दिने जनाएको हाे ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले कृषि जनशक्ति उत्पादन गर्नका लागि उत्त कार्यक्रम ल्याईएकाे बताए । उनका अनुसार सहकारीका सदस्यहरुका छोराछोरीमध्येबाट  पाँच जनालाई छात्रवृत्ति दिनेछ । सहकारीले कृषिलाई व्यवसायीक र उत्पादन मुखि बनाउन लगानी बढाईरहेकाे छ ।
“हामीले कृषिलाई जोड दिएका छौ त्यसैले सहकारीका सदस्यका छोराछोरीलाई जेटिए अध्ययन गरे छात्रवृत्तिको व्यवस्था मिलाएका छौ ।” चन्दले भने–“यस बाहेर हामीले किसानलाई न्युन शुल्कमा कृषि उपकरण भाडामा दिने,बिउ प्रशोधन गर्ने र सहकारीका सदस्यको जीवनस्तर उकास्न राईस मिल सञ्चालनमा ल्याएका छौ ।” राईस मिलकाे साेमबार उद्दघाटन गरिएको छ ।

सहकारीले   गत वर्ष आईएससी एजी पढ्ने दुई जना विद्यार्थीलाई सहकारीले छात्रवृत्ति दिने भनेपनि त्यसका लागि कसैको आवेदन परेकाे थिएन् ।  यसवर्ष कृषि जेटिए अध्ययन गर्ने पाँच जनालाई विद्यार्थीलाई छात्रवृत्तिका लागि आवदेन माग गरेकाे हाे । आवेदन फारम सहकारीका सबै सेवा केन्द्रहरु पाईने सहकारीले जनाएको छ । दुई अर्व बढि सम्पति रहेकाे उदयदेव सहकारीमा हाल २८ हजार बढि शेयर सदस्य रहेका छन् ।

यस्तो छ सुचाना ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्