निङ्गलाशैनी सहकारीले कृषि कार्यक्रमलाई थप विस्तार गर्ने

महेन्द्रनगर । कञ्चनपुर जिल्लाभरी कार्यक्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक समिक्षा सम्पन्न भएको छ । शनिबार सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षता भएको समिक्षा गोष्ठीमा प्रमुख अतिथि प्रदेश सभा सदस्य बेल बहादुर राना रहेका थिए ।
संस्थाका सञ्चालक समिति, उप समितिका पदाधिकारी एवं कर्मचारी सम्मलित समिक्षा गोष्ठीमा आर्थिक वर्ष २०७९÷०८० को लक्ष्य र प्रगति, आ.व.२०८०\०८१ का लागि नयाँ लक्ष्य सहित विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने गरी समिक्षा कार्यक्रम सम्पन्न भएको सहकारीको प्रमुख कार्याकारी अधिकृत प्रेमसिह भाटले बताए । उनले वार्षिक समिक्षा गोष्ठीमा वार्षिक लक्ष्सहितको प्रगति विवरण प्रस्तुत गरेको थिए ।
गोष्ठीमा सहकारीमा आवद्ध हरेक सदस्यको स्वास्थ्य निरोगिताका लागि चेतना जागृत गर्दै संस्थाका संचालक, समितिका पदाधिकारी एवं कर्मचारीहरुले शारिरीक, मानसिक, भावनात्मक उर्जासँगै, चैतन्य बल तथा आत्मबल केन्द्रित गरेर सहकारीको उद्देश्य र लक्ष्य हासिंल गर्नु पर्नेमा गोष्ठी केन्द्रित रहेको थियो ।
समारोहका विशिष्ट अतिथि भुवनराज भट्टले संस्थाको प्रगति सन्तोषजनक रहेको र वडा स्तरबाट हुने सहयोगका लागि प्रतिवद्धता जाहेर गरे ।

त्यसै गरि प्रदेश सभा सदस्य बेल बहादुर नाराले सहकारीले छोटो समयमा उल्लेख्य प्रगति गरेको र बचत ऋणका साथ साथै कृषि र कृषकका लागि राम्रो कार्य गरेको बताए । साथै उनले सुदुरपश्चिममा मलको अभाव हुन नदिन तथा सहकारीका प्रवद्र्धनात्मक कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । एघार हजार भन्दा बढि सदस्य रहेको निङ्गलाशैनी बहुउद्देश्य ससहकारी संस्थाले, बचत तथा ऋणका सेवा साथ साथै, रेमिटान्स, आईएमई, कष्टम हायरिङ्ग सेन्टर, बिज वृद्धि केन्द्र , मलखाद विक्री वितरण केन्द्र संचालनमा ल्याईरहेको छ भने आगामी दिनमा हाट बजार, दुग्ध संकलन तथा विक्री केन्द्र तथा स्कुल अफ को–अपरेटिभ संचालनमा ल्याईने सहकारीले जनाएको छ । उक्त कार्य विस्तारका लागि सहकारीले वडा, नगर, प्रदेश सरकारको सहयोग आवश्यक रहेको कार्यकारी प्रमुख भाटको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्