होटल व्यवसायी संघ कञ्चनपुरद्धारा पर्यटनमन्त्रीलाई सम्मान, फुड फेष्टीबलमा सहकार्यको प्रस्ताव

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरले सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीलाई स्वागतसहित सम्मान गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरि संघले मन्त्री धामीसँग परिचायात्मक कार्यक्रमसहित जिल्लामा स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा संघले निजि क्षेत्रसँग सहकार्यका लागि मन्त्रालयलाई प्रस्ताव पनि पेश गरेको छ ।

संघले महेन्द्रनगरमा सांस्कृतिक फुड फेष्टिबल आयोजनाका लागि प्रदेश सरकारसँग सहकार्यका लागि प्रस्ताव पेश गरेको हो ।
संघले शहरीया जीवन शैलीको विकासका लागि सांस्कृति फुड फेष्टिबल आयोजना गर्ने योजना बनाएको छ । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि फुड फेष्टिबल महत्वपुर्ण रहेको बताए ।

उनका अनुसार स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्यमा बाह्य खानपानलाई संस्कारको रुपका विकास गर्ने र आन्तरिक पर्यटकलाई आकृर्षण गर्ने उक्त फेष्टिबल आयोजनाको मुख्य उद्देश्य रहेको छ । ‘पछिल्लो समयमा होटल व्यवसाय धरासायी बन्दैँ गईरहेको छ ।, बजारमा चार्मिङ् आउन सकेको छैन, व्यवसायीहरु हतोत्साहित छन् ।’ कार्यक्रममा बोल्दैँ संघका अध्यक्ष भट्टले भने ‘यस्तो अवस्थामा सरकारले निजि क्षेत्रलाई प्रोत्साहन मिल्ने कार्यक्रम ल्याउनु पर्छ, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पुर्वाधार निर्माणसँगै निजि क्षेत्रसँगको सहकार्य जरुरी छ ।’


त्यस्तै होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव रामचन्द्र रेग्मीले व्यवसायीका समस्या सम्बोधनका लागि प्रदेश सरकारले अग्रसरता देखाउनु पर्ने बताए । उनले कञ्चनपुरका रहेको औद्योगीक क्षेत्र, धार्मीक पर्यटकीय क्षेत्रको विकासमा जोड दिन पनि प्रदेश सरकारलाई आग्रह गरे । होटल व्यवसायिहरुले पश्चिमी नाकामा हुने असहजा अन्त्यका लागि पनि मन्त्री धामीको ध्यानार्कषण गराए ।

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री धामीले निजि क्षेत्रका साझा समस्या सम्बोधनका लागि आफुले पहल गर्ने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि नीतिगत र योजना निर्माण तहमा सरकारले सहयोग गर्ने बताउँदै आवश्यक पुर्वाधार निर्माणमा निजि क्षेत्रलाई लगानी गर्न आह्न गरे । उनले शुक्लाफाँटा लगायत यहाँका पर्यटकीय क्षेत्रको प्रयाप्त मात्रामा प्रचार हुन नसकेको बताए । साथै उनले संघले प्रस्ताव गरेको सांस्कृति फुड फेष्टिबल आयोजनामा प्रदेश सरकारले सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए ।

संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राज्यमन्त्री गीता देवी माल, प्रदेश सचिव वेद कुमार ढकाललगायत होटल व्यवसायीहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्