राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा विष्ट

महेन्द्रनगर ।  राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा दिनेश विष्ट चयन भएका छन । एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको महेन्द्रनगरमा भएको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्ट चयन भएका हुन ।
शनिबार सम्पन्न अधिवेशनले  दिनेश विष्टको विष्टको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको छ  । त्यस्तै उपाध्यक्ष अशोक रोक्का, सचिव बिरेन्द्र सिह महरा, सह सचिव नरेन्द्र विष्ट, शिवा बस्नेत, कोषाध्यक्ष मुुकेश सिह लगायत रहेका छन । राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा चयन भएका विष्टले संगठनलाई चुस्तदुरुस्त बनाउने प्रतिज्ञा गरेका छन ।
युवा संगठन कञ्चनपुरको जिल्ला सम्मेलन उद्घाटनका लागि पार्टी पोल्टिब्यूरो सदस्य एव युवा संगठनका इन्चार्ज महेश बस्नेतको प्रमुख आतित्थतामा कार्यक्रम भएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्