कुमारी बैंकका सेवाग्राहीलाई ईट्टा खरिदमा १० प्रतिशत छुट

महेन्द्रनगर ।  कुमारी बैकं लिमिटेडले आफ्ना सेवाग्राहीहरुका लागि  ईट्टा खरिदमा १०% छुट पाउने गरि सम्झौता गरेकाे छ ।
बुधबार  कञ्चनपुरमा बेलाैरी नगरपालिकामा रहेको न्यू लक्ष्मी ईट्टा उधोग प्रा. लि. सँगकाे सम्झौतापत्रमा हस्ताक्षरसहित बैंक यस्ताे छुटकाे व्यवस्था गरेकाे हाे ।  
छुट पाउनका लागि कुमारी बैंकमा खाता भएको वा नयाँ खाता खोलेर डेबिट क्रेडिट कार्ड तथा मोबाईल स्मार्ट सुबिधा लिई सो मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
कुमारी बैंकले देशैभरी ३०४ शाखा, ३०७ एटिएम, ४९ वटा बिस्तारित काउनटर तथा ६३ शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत बैंकिङ  सेवा दिईरहेको छ।
उक्त सम्झौतामा कुमारी बैकं लिमिटेडको शाखा कार्यालय बेलौरीमा बैकंका तर्फबाट शाखा प्रबन्धक सुरेन्द्र बहादुर चन्द र न्यू लक्ष्मी ईट्टा उधोग प्रा. लि.का तर्फबाट सञ्चालक सुरज श्रेष्ठले हस्ताक्षर गरेको छन् ।
हस्ताक्षर कार्यक्रममा बैकंका कर्जा म्यानेजर निरज चटौतले कुमारी बैकं लिमिटेड आफ्नो स्थापनाकालददेखि नै सेवागा्रहीको मागलाई ध्यानमा राख्दै नविन योजनाहरु ल्याउँदै आएको र सेवाग्राहीको मागलाई मध्यनजर गर्दै कुमारी बैकंले निश्चित ब्याजदरमा आकर्षक घर कर्जा ल्याएको  जानकारी गराए । सोहि अनुसार सेवाग्राहीले ११.७९% निश्चित ब्याजदरमा घर कर्जाको सविधा उपयोग गर्न सक्नेछन् । यस घर कर्जा योजनामा पहिलो ७ वर्षसम्म ब्यादर निश्चित रहनेछ । ऋण प्राप्त गरेपश्चात ग्राहकले सो ऋण्को रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न र घर निर्माण तथा अन्य थप निर्माण कार्य गर्न पनि प्रयोग गर्न सक्छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्