संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरकाे संयाेजकमा जाेशी

महेन्द्रनगर । संस्थागत विद्यालय शिक्षक युनियन(आईएसटियू) कञ्चनपुरकाे संयाेजकमा बिमल प्रशाद जाेशी चयन भएका छन् । उनलाई आईतबार संस्थागत विद्यालय शिक्षक युनियनका राष्ट्रिय उपाध्यक्ष एंव सुदूरपश्चिम ईन्चार्ज धर्मराज भट्टले जिम्मेवारी प्रदान गरेका हुन् ।
संयाेजक जाेशीलेले अन्य पदाधिकारी अधिवेशनमार्फत चयन गरिने बताए । आईएसटियूका निवर्तमान अध्यक्षले पेशा परिवर्तन गरेकाले जाेशीलाई संयाेजककाे जिम्मेवारी दिईएकाे हाे । हाल अनुपम ईजुकेशनल एकेडेमीमा अध्यापन गराउँदै आएका जाेशी लामाे समयदेखि अध्यापन पेसा संलग्न छन् । सुचना प्रविधि तथा कम्प्युटर विज्ञानमा स्नातक गरि अध्यापन थालेका जाेशी नेविसंघ कञ्चनपुरका नेता समेत हुन् । आईएसटियूले संस्थागत शिक्षकहरुकाे हकहितका लागि काम गर्ने संयाेजक जाेशीकाे भनाइ छ । शिक्षकहरुले न्युन पारिश्रमिकमा काम गरिरहनु परेकाले श्रम शाेषणका विरुद्ध युनियनलाई थप विस्तार गरिने पनि उनले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्