कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा अवैध भारतीय कुखुरा बरामद

महेन्द्रनगर । कञ्चनपुरकाे दाेधराचाँदनीबाट सशस्त्र प्रहरीले भारतीय बाेईलर कुखुरा बरामद गरेकाे छ । मंगलबार करिब ५१ हजार मुल्य बराबरका बिषादियुक्त  भारतीय कुखुरा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  

सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गण झलारीका एसपी प्रेमबहादुर रावलले सिमा गुल्म दोधाराचाँदनिबाट खटिएको सशस्त्र प्रहरीको टोलिले प्रतिबन्धित  भारतिय बोइलर कुखुरा बरामद गरेको बताए  । सशस्त्र प्रहरीले सीमा नाकाबाट हुने तस्करीलाई नियन्त्रणका लागि गस्तीमा कडाइ गर्दै आएकाे छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्