महेन्द्रनगर । कञ्चनपुरमा सशस्त्र प्रहरीले ७१ लाख ५५ हजार मुल्य बढीको अवैध सामान बरामद गरेको छ । चाुल आर्थिक वर्षको साउन र भदौमा सशस्त्र प्रहरीले उक्त मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
जिल्लाको सीमावर्ती ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण शैलेश्वरी कञ्चनपुर तथा मातहत रहेका सशस्त्र प्रहरी बलको टोलीले अवैध रुपमा भन्सार छली भित्र्याएका सामान बरामद गरिएको हो । कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी प्रेम बहादुर रावलले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भित्रिएका अवैध सामान प्रहरी बरामद गरि भन्सार कार्यालयहरुलाई बुझाएको बताए ।
उनका अनुसार लत्ताकपडा, मलखाद, बिडि, पशुपन्छी, तरकारी लगायतको ५४ लाख ५७ हजार नौ सय मुल्य बराबरको अवैध सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीलाई बुझाईएको छ । भने त्यस्तै १० लाख ९६ हजार मुल्य बराबरको अवैध सामान कैलाली भन्सार कार्यायल त्रिनगरलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
साथै छ लाख मुल्य बराबरको अवैध सामान रोहबरमा नष्ट गरिएको पनि एसपी रावलले जानकारी दिए । उनका अनुसार अवैध तस्करी नियन्त्रणका लागि सशस्त्रले सीमा नाकामा सक्रिय रुपमा प्रहरी परिचालन गरेक