१० औँ वर्षमा मेगाः १५ हजार शेयर सदस्य पुग्दा ३६ करोड बचत संकलन, ५९ करोड कर्जा लगानी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रन्गरमा प्रधान कार्यायल रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाले १० औँ वर्षमा प्रवेश गरेको छ । सहकारीले शनिबार १० औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वार्षिक साधारणमा सभामा सहकारीका अध्यक्ष रघुनाथ ओझाले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको गरे । २०७१ सालमा २५ जना शेयर सदस्यबाट सुरु भएको मेगा सकोसमा हाल करिब १५ हजार हजार शेयर सदस्य रहेका छन् ।

अध्यक्ष ओझाले सानो पुजीलाई संकलन गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्दैँ सहकारीले वित्तिय रुपान्तरणमा कामहरु गरिरहेको बताए । १० वर्ष अघि ५२ हजार पुजीबाट सहरकारी स्थापना गरिएको स्मरण गदैँ उनले विभिन्न चुनौतीको सामना गदैँ संस्थालाई बलियो अवस्था आईपुगेको बताए ।

सहकारीले गत आर्थिक वर्षमा एक अर्व साठी करोड ८१ लाख बचत संकलन गरे वार्षिक प्रगती प्रतिवेदनमा उख्लेख छ । त्यस्तै गत आवमा विभिन्न शिर्षकहरु २७ करोड ५० लाख २८ हजार ऋण लगानी गरिएको सहकारीले जनाएको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार सेटीले साधारण सभाबाट विभिन्न १२ वटा प्रस्तावहरु पारित भएको बताए ।

उनका अनुसार साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष, लेखा समितिका प्रतिवेदनमाथि छलफल गरि पारित गरेको हो ।
सहकारीको शेयर पुजी पाँच करोड ७४ लाख ९४ हजार रहेको छ भने हाल सम्म सहकारीले ३६ करोड ४६ लाख १९ हजार बचत संकलन गरेको छ । भने ५९ करोड ८३ लाख ११ हजार कर्जा लगानी गरिसकेको छ । ७० करोड ७२ लाख ५२ हजार कुल सम्पत्ति रहेको यस सहकारीले गत आवमा एक करोड ९५ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ ।


त्यस्तै सहकारीले चालु आर्थिक वर्षमा १८ हजार शेयर सदस्य पु¥याउने लक्ष्य लिएको छ भने कार्य क्षेत्रलाई डडेल्धुरा, डोटी, बैतडी र अछाममा विस्तार गर्ने योजना बनाएको छ । सहकारीले हाल ८ वटा शाखामार्फत सेवब प्रवाह गदैँ आएको छ ।
साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जङ्ग बहादुर मल्ल रहेका थिए । उनले सहकारीले छरिएर रहेको पुजी संकलन गरि आर्थिक गतिविधिमा सक्रियता ल्याएको बताए ।

उनले यस क्षेत्रको आर्थिक विकासका लागि सहकारी मेगा भुमीका महत्वपुर्ण रहेको पनि बताए । साथै सहकारी क्षेत्रमा देखिएका चुनौतीलाई निजिले क्षेत्र मिलेर सामना गर्नुपर्ने उनको सुझाव छ । साधारण सभामा सहकारीले उत्कृष्ट शाखा, कर्मचारीलाई सम्मान समेत गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्