महेन्द्रनगर । नेपाल बैंक लिमिटेडको विभिन्न आकृर्षक सेवा सुविधाले सेवाग्राही आकृर्षित हुन थालेकोका छन् । नेपाल बैंक लिमिटेडको बैंकिङ सेवाको लागि महेन्द्रनगर शाखामा सेवाग्राहीको आकृर्षक देखिन थालेको हो । ग्राहकहरुलाईं छिटो छरितो तथा सम्मानीत व्यवहार सहित बैंकिङ सेवा पाएपछि सेवाग्राही आकृर्षित हुन थालेका हुन् ।
बिभिन्न संघ संस्थाहरूसंग जोडिदै आएको नेपाल बैंक लिमिटेडको महेन्द्रनगर शाखाले बुधबार भागरथी आधारभूत बिद्यालय, भिमदत्त- १२ संग सेवा ग्राही कर्जा सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात विद्यालयमा कार्यरत स्थायी शिक्षक कर्मचारीहरूले बिना धितोको छिटो छरितो कर्जा पाउनेछन् । साथै प्रवाह डिजिटल बैंकिङ प्रोडक्टमा निशुल्क सेवा प्रदान गरिने नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्ध महेश राज जोशीले जानकारी दिए । उक्त सम्झौतापछि शिक्षकहरुलाई बिनाधितो कर्जा पाईने भएपछि विद्यालयका प्रअ कमल सिंह देउपाले खुसि व्यक्त गरे ।