होटल व्यवसायि संघ कञ्चनपुरको ‘सत्कार’ विमोचन

महेन्द्रनगर । होटल व्यवसायिक संघ कञ्चनपुरको वार्षिक मुखपत्र ‘सत्कार’ विमोचन गरिएको छ । बुधबार विश्व पर्यटन दिवसको अवसरमा संघको वार्षिक मुखपत्र सत्कार विमोचन गरिएको हो । संघले यस वर्षबाट सुरु गरेको वार्षिक पत्रिकालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले विमोचन गरे ।


सत्कारमा जिल्लास्थित पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिईएको छ भने पर्यटन विकास तथा प्रवद्र्धनबारे विभिन्न आलेखहरु प्रकासन गरिएको छ । त्यस्तै संघले गरेको वार्षिक गतिविधि पनि सत्कारमा समेटिएका छन् ।
संघले बुधबार विभिन्न कार्यक्रम गरि पर्यटन दिवसलाई भव्यताका साथ मनाएको छ ।

जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरुसँगको सहकार्यमा संघले पर्यटन दिवस मनाएको संघका अध्यक्ष जगदिश चन्द्र भट्टले बताए । उनका अनुसार पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि दिवस मनाईएको बताए । दिवसको अवसरमा ग्डडाचौकीबाट भित्रिएका विदेशी पर्यटकलाई सम्मान गरिएको थियो । भने महेन्द्रनगरमा साईकल ¥यालि समेत आयोजना गरिएको थियो । त्यस्तै संघले पर्यटन दिवसकै अवसरमा विद्यालय स्तरीय वतृत्वकला समेत आयोजना गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्