अढाई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागाइएको ताला अढाई महिनापछि खुलेको छ । समाजवादी विद्यार्थी संगठनले विभिन्न माग राख्दै सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको थियो । विश्वविद्यालय प्रशासन र समाजवादी विद्यार्थी संगठनबीच सहमति भएपछि बिहीवार ताला खुलेको हो ।

विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका शिक्षकको नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमति भएको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले बताए।

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनसँग सहमति भएपछि उनीहरुले ताला यस अघिनै खोलेका थिए। तर नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको भने ताला खुल्न सकेको थिएन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्