नेपाल एसबिआई बैंक महेन्द्रनगर शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम

महेन्द्रनगर । नेपाल एसबिआई बैंकको महेन्द्रनगर शाखाले वित्तिय साक्षरत कार्यक्रम आयोजना गरेको छ । बैंकको महेन्द्रनगर शाखाले ब्रिक्सटन कलेजका विद्यार्थीलाई गत शुक्रबार वित्तिय साक्षरता सम्बन्धि जानकारी दिने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको हो ।
बैंकका महेन्द्रनगर शाखा प्रवन्धक किशोर रिजालले ब्रिक्सटन कलेजका विद्यार्थीलाई वित्तिय साक्षरताबारे अभिमुखिकरण गरिएको बताए । उनका अनुसार बैंकले सेवा प्रभावसँगै आम नागरिकलाई वित्तिय सारक्षरताको पहुँचमा ल्याउन उक्त कार्यक्रम गरेको हो । उनले वित्तिय सारक्षता कार्यक्रम अन्र्तगत बैंक, बैंकिङ्ग सेवा, त्यसको पहुच र उपयोगिता लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिएका थिए ।

त्यस्तै उनले नेपाल एसबीआई बैंकको योनो मुबाईल बैंकिङ एपबारे पनि सहभागीलाई जानकारी गराए । योनो मुबाईल बैंकिङ एप विश्वकै महङ्गो मुबाईल बैकिङ एप हो । नेपालमा एसबीआई बैंकले मात्रै प्रयोगमा ल्याएको उक्त एपबाट सुरक्षीत र विश्वनीय अनलाईन बैकिङ सेवा प्रदान गरिने शाखा प्रवन्धक रिजालको भनाई छ ।

वित्तिय साक्षरता कार्यक्रममा बैंकका कर्जा सहायक सुरज भट्टले बचत, कर्जा, लगानीका विषयमा अभिमुखिकरण गराएका थिए । बैंकले नियमित रुपमा वित्तिय साक्षरताका कार्यक्रम गदैँ आएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्