महेन्द्रनगर । डडेल्धुराको आलिताल गाउँपालिका–५ सिराडीका विपन्न परिवारका बालबालिकालाई लुगा वितरण गरिएको छ । शनिबार ट्रान्सर्फरमेटीभ सोसाईटी अफ नेपालको पहलमा बाल विकास विद्यालयमा अध्ययनरत ३० बालबालिकालाई लुगा वितरण गरिएको हो ।
सामाजिक अभियान्ता चन्द्रा ऐरले विपन्न परिवारका बालबालिका ३० टि–र्सट, पाँच वटा ज्याकेट वितरण गरिएको बताईन् । विपन्न, असहाय व्यक्तिहरुलाई बेला बेलामा सहयोग गरिदैँ आएको उनले बताईन् ।