सन्त निरंकारी मिसनले आध्यात्मिक ज्ञानलाई संसारमा  बाँडि रहेको छ: उप-महानगर प्रमुख विष्ट

नेपालगन्ज ।  सन्त निरंकारी मिशनले आध्यात्मिक ज्ञानलाई संंसारमा बाँडि रहेको कुरा नेपालगन्ज उपमहानगर पालिकाका नगर प्रमुख प्रशान्त विष्टले बताएका छन् । नेपालगन्जमा हिजो सम्पन्न सन्त निरंकारी मण्डल नेपालको ३४औं साधारण सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसानबाट बोल्दै उहाँले अहिले हाम्रो समाजमा नैतिक शिक्षा हराई सकेको छ । यो कतैपनि खोजेर पाईदैन, जसको कारण संसारमा वैरभावको वातावर श्रृजना हुन पुगेको छ ।

जसको फलस्वरुप आजका युवाहरुले आफूलाई जन्मदिने आमा–वुवाको पालनपोषण नगरेर वृद्धाश्रममा लिएर छोड्ने परिपाटीको दिनप्रतिदिन वृद्धि भइरहेको छ । संसारमा यस्ता प्रकारका विकृति र विसंगती फैलिनुको एउटै कारण हो उनीहरुलाई आध्यात्मिक ज्ञानको जानकारी नहुनु । आज यसको पूर्ती सन्त निरंकारी मिशनले गरिरहेको छ जसले संसारका मानवहरुलाई आध्यात्मिक ज्योतिद्वारा यस परमात्माको साक्षात्कार गराएर संसारका सम्पूर्ण मानव प्राणी एउटै परिवारका सदस्य हुन, यिनीहरु सबै एउटै ईश्वरका अंश हुन, हामीले कुनै जात, धर्म, संस्कृति, सम्प्रदायलाई नहेरेर सबैसंग प्रेम गर्नु पर्छ, एकापसमा मिलेर बस्नु पर्छ भन्ने संसारका मानिसहरुलाई आध्यात्मिक शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।

मानिस एक पटक यस पृथ्वीमा जन्मिने गर्छ र जन्मेपछि त्यसको मृत्यु पनि निश्चित हुन्छ । तर हामी यस धर्तीमा जन्मि सकेपछि यस भौतिक जगतमा पारिवारिक मोह–मायाको चक्करमा फसेर आफ्ना छोराछोरी, घर परिवार, नाता–कुटुम्बकको पालन–पोषणमा नै आफ्नो मानव योनि खर्चिन पुग्छौ । तर मानव योनि हामीले किन पाएका हौं, मानव योनि पाईसकेपछि हाम्रो कर्तव्य के के हुन भन्ने कुरालाई हामी बिसिंन पुछौ । मानिस जन्मिसकेपछि बालक, युवा, वयस्क हुँदै एक दिन त्यसको मृत्यु हुन्छ यस कुरालाई हामी बिर्सन पुछौ । तर मानिसले त म कहिल्यै मर्दिन, सधैं यस लोकमा नै रहिरहने छु भन्ने भावनाबाट प्रेरित भएर सबैसंग भेदभाव, लडाई–झगडा, हत्या–हिंसा र आफ्नो लागि मात्र सोच्ने गरेको बताउनु भयो ।

ईश्वरले मानवलाई धर्तीमा विभिन्न भूमिका निर्वाह गर्नको लागि पठाएको छ । हामीले त्यस भूमिकालाई राम्रो र कुशलता पूर्वक सम्पन्न गर्न सकेनौ भने, त्यसमा आध्यात्मिक कुरा जोडिएन भने वा आध्यात्मिक ज्ञान जोडिएन भने त्यो कार्य असल नियतका साथ सम्पन्न गरेपनि त्यो मानिस पूर्ण हुन सक्दैन । त्यसको लागि मानिसले प्राप्त गर्ने ज्ञानसंग आध्यात्मिक ज्ञान सन्त निरंकारीले मिशनले विभिन्न कार्यक्रम मार्फत प्रदान गर्दै आएको छ, जुन निकै प्रसंशनिय र महत्वपूर्ण कार्य रहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अन्त्यमा उहाँले सन्त निरंकारी सत्संग भवन नेपालगन्ज शाखालाई भौतिक वा आर्थिक रुपमा नेपालगन्ज उपमहानर पालिकाको तर्फबाट निरन्तर सहयोग गर्दै जाने वचन प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रमा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय पदाधिकारी लगाएत नेपालगन्जका विभिन्न संघ–संगठनका प्रतिनिधि तथा विभिन्न जिल्लाहरुबाट आएका मण्डलका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सन्त निरंकारी मण्डल नेपालका सह–सचिव नर बहादुर बिकले गर्नुभएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्