एसियाली खेलकूदमा कञ्चनपुरका  विशालले  बनाए दुर्लभ कीर्तिमान

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थायी वासिन्दा तथा नेपालका तर्फबाट चीनको हान्झाउमा जारी एसियाडमा भारोत्तोलन खेलाडी विशालसिंह विष्टले नेपालका लागि दुर्लभ कीर्तिमान बनाएका छन् । ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमान बनाएर उनले अहिलेसमम कुनै पनि नेपाली खेलाडीले नबनाएको किर्तिमान बनाएका छन् । अर्कोतिर कूलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि बनाएका छन् ।

टमिका प्रशिक्षक जीवन गौतमले विशालले बनाएको किर्तिमान दुर्लभ हो । उनले यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौलसमूहमा समग्रमा ३ सय केजीसम्मको भार नउठाएको बताए । विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा तोडेका छन् । उनले यसअघि स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्