कञ्चनपुरमा पहिलो चार महिनामा ६० करोड राजस्व संकलन

महेन्द्रनगर । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले चालु आर्थिक वर्षका पहिलो चौमासिकमा लक्ष्यको ८४ दशमलव ७ट प्रतिशत राजस्व संकलन गरेका छ । चालु आर्थिक २०८०।८१ को साउनदेखि कार्तिकसम्ममा ७० करोड ४६ लाख ५९ हजार कर संकलन गर्ने लक्ष्य लिएको राजस्व कार्यालयले ५९ करोड ७२ लाख ९५ हजार राजस्व संकलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा उक्त राजस्व संकलन भएको हो । राजस्व कार्यालयले आय कर अन्तरगत १६ करोड ३२ लाख ६५ हजार राजस्व संकलन गरेको छ । भने मुल्य अभिवृद्धि कर(भ्याट) १५ करोड ७४ लाख ४३ हजार संकलन गरेको छ ।

त्यस्तै ब्याजमार्फत कार्यालयले १ करोड २९ लाख ७२ हजार राजस्व संकलन गरेको छ भने अन्त शुल्क २६ करोड २४ लाख ८७ हजार संकलन भएको छ । साथै अन्य कर ११ लाख २८ हजार संकलन भएको कार्यालयले जनाएको छ ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत डोलिन्द्र प्रशाद शर्माले चौमासिक लक्ष्य अनुसार राजस्व संकलन नभएको बताए ।

उनका अनुसार केही ठुला करदाताको कर बक्यौता रहेकाले लक्ष्य अनुसार कर संकलन नभएको बताए । उनीहरुको सरकारले नै पुसमाका लागि म्याद थप गरिदिएकोले त्यसपछि पुनः कर बुझाउन तोकेता गरिने उनले बताए । उनका अनुसार मदिराजन्य उद्योगको उत्पादन घटेकाले अन्तशुल्क र भ्याटमा कमि आएकोले पनि समग्र राजस्व संकलन प्रभावित भएको हो ।

गत आर्थिक वर्षमा दुई अर्व १५ करोड ९३ लाख ६३ हजार राजस्व संकलन गरेको राजस्व कार्यालयले चालु आर्थिक वर्षमा दुई अर्व ७५ करोड दुई लाख ४९ हजार कर संकलन गर्ने लक्ष्य लिएको छ ।
कार्यालयले सबै व्यवसायीलाई करको दायरामा ल्याउन र समयमै कर तिर्ने बानिको विकास गराउन करदाता शिक्षा, अभिमुखिकरण कार्यक्रम, बजार अनुगमन लगायतका कार्यक्रम गर्दै आईरहेको प्रमुख अधिकृत शर्माको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्