एसियाली युथ चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व कञ्चनपुरका हार्दिकले गर्दै

महेन्द्रनगर । कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नम्बर -५ खजुवाका हार्दिक पन्त एसियाली युथ चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न युएई प्रस्थान गरेका छन् । १० वर्ष मुनिको चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै उनी मंगलबार युएई प्रस्थान गरेका हुन् ।
युएईमा डिसेम्बर १२ देखी २२ सम्म युएईको अल एनमा आयोजना गरिएको २५ औँ एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागि हुन पन्त त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल बुद्धिचाल संघका कोषाध्यक्ष तारा रानाभाटको नेतृत्वमा उनी युएई गएका हुन् ।
 नेपाल बुद्धिचाल संघका कोषाध्यक्ष तारा रानाभाटले पन्तलाई प्रतिस्पर्धाका लागि युएई लगेका छन् । ९ वर्षका पन्त आफना घर परिवारका सदस्य विना पहिलो पटक विदेश उडेका छन् । पन्त युवा नेता माधव पन्तका छोरा हुन् । नेकपा एकीकृत समाजवादीका नेता उनी अहिले विदेश भ्रमणमा छन् । उनकी आमा दुर्गा अध्ययका लागि चीनमा छिन ।
 विदेशमा रहेका पन्तले खेल प्रतिस्पर्धाका लागि विदेश प्रस्थान गर्वको विषय भएको उल्लेख हार्दिकलाई मिहिनेत, धैर्यता, इमान्दार र अनुशासित भएर खेल्न सुझाव दिएका छन् । उनले हार्दिक गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘९ वर्षको उमेरमा आमावुवा र घर परिवारका सदस्य विना पहिलो पटक विदेश यात्रा गर्दैछौं ।
देशको प्रतिनिधित्व गर्दैछौ हामी खुसी छौ तर हामीलाई संगै यात्रा गर्नु पर्ने महसुस भइरहेको छ । अलि मन बहकिँदो रहेछ ।  यद्यपि खेलप्रतिको उत्साह र लगावले होला तिम्रो यात्रा र इच्छाशक्तिमा कुनै अभाव देखिदैन ।मिस यु अलट छोरा ।हामी चाडै भेट्नेछौं’ फेसबुकमा पन्तले भनेका छन् ।
 नेपाल बुद्धिचाल संघ र हार्दिकले अध्ययन गर्ने विद्यालय पुष्पसदन माध्यमिक विद्यालय किर्तिपुरलाई धन्यवाद दिएका छन् । उनी कक्षा ४ मा अध्ययनरत छन् । विद्यालयले उनलाई खेलप्रति रूची जगाएको पन्तले बताएका छन् । उनी दुई वर्षदेखि बुद्धिचाल खेल्दै छन् ।
     

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्