निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको सभापतित्व तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।


दस हजार भन्दा बढि सदस्य रहेको निङ्गलाशैनी सहकारीले ३७ करोडको सम्पत्ती विवरणसहितको लेखा परिक्षण प्रतिवेदन साधारण सभाबाट पारित भएको छ । आर्थिक वर्ष २०७९\८० मा सहकारी संस्थाको तरलता २२ प्रतिशत रहेको संस्था सहकारी प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा सहकारीको निक्षेपमा १३.७५ प्रतिशत, लगानीमा ७.५७ प्रतिशत, शेयर वृद्धिमा १७.३१ प्रतिशत र शेयर सदस्यमा १०.४१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै गरि संस्थाको सम्पत्तिमा पनि ०.८१ प्रतिशतले वृद्धि भएको छ । वार्षिक साधारण सभाले चालु आर्थिक वर्ष देखि सहकारीका सम्पूर्ण सदस्यहरुले दैनिक १० रुपया अनिवार्य रुपमा बचत गर्ने निर्णय समेत गरेको छ । साधारण सभामा १ अर्ब १२ करोडको ८० लाखको अनुमानित आय व्यय विवरण प्रस्तुत गरि पारित गरिको छ । वार्षिक साधारण सभामा प्रदेश सभा सदस्य हिरा सार्की, सुदूरपश्चिम विशिष्टकृत उपभोक्ता सहकारी संघ लि.का अध्यक्ष गणेश बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।

साधारण सभाको समुद्घान गदै“ प्रमुख अतिथि रावलले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारी मुख्य अंग भएकोले यसलाई चाहिने र आवश्यक पर्ने ऐन नियम तर्जुमा गर्न प्रतिवद्धता जनाए ।
यसै जिल्ला फुटवल संघ कञ्चनपुर तथा निङ्गलाशैनी विकास समाजका अध्यक्ष गणेश बहादुर चन्द, नेपाल भलिवलका मुख्य प्रशिक्षक जगदशि प्रसाद भट्ट, निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी, दिप ज्योती महिला कृषि सहकारी संस्थाका अध्यक्ष बिमला भट्ट, सिटिजन लाईम ईन्सुरेन्सका प्रबन्धक खगेश्वरी भट्ट बोकटी, औषधी व्यवसायी संघका अध्यक्ष राम चन्द्र वुडा, निङ्गलाशैनी भगविति मन्दिर सेवा समितिका अध्यक्ष करविर भण्डारी, लगायत अतिथिले साधारण सभामा शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाको बन्द सत्रमा उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋण उपभोक्ता, जेष्ठ नागरिक लगायत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सहकारीले ऋण तथा बचत बाहेक रेमिटेन्स सेवा, विमा सेवा, बिज वृद्धि, कष्टम हायरिङ्ग सेन्टर संचालनमा ल्याएको छ भने आगमी दिनमा स्कुल अफ को अपरेटिभ तथा दुग्ध खरिद तथा विक्री केन्द्र संचालनको अन्तिम तयारी रहेको सहकारी कार्यकारी प्रमुख भाटले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्