तेस्रो कञ्चनपुर सम्मेलन दोधारा चाँदनी सम्पन्न, १० बुदेँ घाेषणापत्र जारी

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो कञ्चनपुर सम्मेलन–२०८० सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च भन्ने नाराका साथ १० बुदे घाेषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । उक्त कार्यक्रमका प्रमुख अतिथी एवम सुुदूपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले दोधारा चाँदनीले सुदूरपश्चिमलाई समृद्ध बनाउने बताएका छन् ।

उनले दोधारा चाँदनी सुदूरपश्चिमको मुख्य नाका भएर सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा अघि बढेको बताएका हुन् । मन्त्री देउवाले दोधारा चाँदनीको विकासका लागि प्रदेश सरकार सधैं प्रतिवद्ध भएको उल्लेख गरे । ‘यस ठाउँको विकासका लागि हामी सधैं प्रतिवद्ध छौ, दोधारा चाँदनी सुदूरपश्चिमको प्रमुख नाकाका रुपमा विकास हुँदैछ’ उनले भने,सुख्खा बन्दरगाह बन्दैछ, हाम्रो छिमेकी राष्ट्रले बनाउँदैछ, महाकालीमा चार लेन पुल बन्दैछ’ उनले भने,‘सुदूरपश्चिमलाई समृद्ध बनाउने बाटोमा दोधारा चाँदनी अघि बढेको छ ।’ दोधारा चाँदनी सहित कञ्चनपुुर र तराई क्षेत्रमा बाढी र डुबानको समस्या भएको उल्लेख गर्दै उनले संघ सरकारले बर्सेनी विनियोजन गर्दै आएको बजेटले नियन्त्रण हुन नसकेको बताए । ‘प्रत्येक वर्ष संघ सरकारले नदी खोला नियन्त्रणका लागि बजेट दिन्छ, त्यसले नियन्त्रण हुन सकेको छैन, त्यो बजेट डुप्लिकेसन भएर आउँछ’ उनले भने । तराई क्षेत्रमा साना खहरे खोलाले पनि बर्सेनी समस्या पार्दै आएको मन्त्री देउवाको भनाई थियो ।

भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने कार्यक्रमका अध्यक्ष एवम दोधारा चाँदनीका मेयर किशोर कुमाल लिम्बुले बताए । उनले सम्मेलनको पहिलो सत्रमा सबै पालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको जंगली हात्तीले पु¥याईरहेको मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका उपायको बारेमा छलफल हुने कार्यक्रम राखिएको बताए ।
छलफलको सहजीकरण मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा। दिनेश न्यौपानेले गर्ने छन् । यस्तै गरी दोस्रो सत्रमा जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषयमा छलफल हुने छ् । यसको सहजीकरण आईएचएचआरका डा। सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ लगायतले गरेका छन् । उक्त कार्यक्रममा बिभिन्न झाँकी स्थानिय नृत्य सडक नाटकहरु प्रस्तुत गरिएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्