अमेरिकाबाट एयर कार्गोमार्फत आयो १ किलो गाँजा

काठमाडौं । त्रिभुवन विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।

उनका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको थियो ।

बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ । भन्सारले ३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्