सुदूरपश्चिम प्रदेशको पर्यटन र सम्भावनाबारे वक्तृत्वकला प्रतियोगिता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पर्यटन र सम्भावनाबारे वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
बिहिबार टुरिजम रिसर्च एण्ड टे«निङ इन्स्टिच्यूट (टिआरटिआई)ले महेन्द्रनगरमा उक्त प्रतियोगितामा आयोजना गरेको हो । प्रतियोगितामा आदर्श विद्या निकेतनकी छात्रा हिमानी मडै प्रथम भएकी छिन् ।
आन्तरिक पर्यटन पर्यटन प्रवद्र्धन हेतु पर्यटन सचेतनाका लागि आदर्श विद्या निकेतनमा आयोजित प्रतियोगितामा मडै प्रथम भएकी हुन् । टिआरटिआईले नेपालका १ सय २५ विद्यायलमा उक्त प्रतियोगिता आयोजना गरिएको जनाएको छ । टिआरटिआईले नेपाल पर्यटन बोर्ड र युएनडीपीसँगको सहकार्यमा प्रतियोगिता आयोजना गदैँ आएरहेको टिआरटिआईका स्कुल कार्यक्रम संंयोजक लक्ष्मी प्रशाद बुढाथोकीले जानकारी दिए ।


उनका अनुसार टिआरटिआईले आन्तरिक पर्यटन प्रवद्र्धनसँगै विद्यार्थीको क्षमता विकासका लागि सात वटै प्रदेशका उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।
कञ्चनपुरमा ग्लोबल एकेडेमी र आदर्श विद्या निकेतनमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । आदर्शमा भएको प्रतियोगितामा निकिता महरा दोस्रो र मनिश नेपालीले तृतिय स्थान प्राप्त गरेका छन् । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
साथै विद्यालयमा तहबाटै पर्यटन सचेतना र साक्षरताका लागि पर्यटन क्लब पनि गठन गरिएको छ । विद्यालयका प्रिन्सिपल डा. भोजराज पन्तको संरक्षकत्वमा जानकी अवस्थी क्लब संयोजक र हिमानी जोशी क्लब प्रिफेक्ट गरि ११ सदस्यीय कमिटि गठन गरिएको छ ।


कार्यक्रम आयोजना गरिएका सबै विद्यालयमा क्लब गठन गरिएको बताउँदै टिआरटिआईका संयोजक बुढाथोकीले क्लबमार्फत विद्यार्थीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन विकास सम्बन्धि गोष्ठीमा सहभागीताका लागि अवसर प्रदान गरिने उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि रहेका थिए । उनले विद्यार्थीहरुमा पर्यटन सम्बन्धित सचेतना विकासका लागि कार्यक्रम सहयोग पु¥याउने बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्