ब्रिष्टन रोजगार मेलाः अध्ययनसँगै कमाउन सिक्दैँ विद्यार्थी

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रिष्टन कलेजले ३ दिने रोजगार मेला आयोजना गरेको छ । कलेजले अध्यनरत विद्यार्थीलाई व्यवसायीक शिक्षा र सीप विकासका लागि आयोजना गरेको ईम्प्लोमेन्ट फेष्ट (रोजगार मेला) बिहिबारबाट सुरु भएको छ । ब्रिष्टन ईम्प्लोमेन्ट फेष्टको पुर्वमन्त्री तथा सुदूरपशिचम प्रदेश सभा सदस्य प्रकास रावलले उद्धघाटन गरे ।
ब्रिष्टन ईम्प्लोमेन्ट फेष्ट माघ ४ गते देखि ६ गतेसम्म सञ्चालन हुनेछ ।


विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारीक सीप सिकाउन ब्रिष्टन ईम्प्लोमेन्ट फेष्ट आयोजना गरेको कलेजकी प्रिन्सिपल निसा भट्टले बताईन् । उनका अनुसार विद्यार्थीलाई तीन दिने मेलामा व्यवसाय सञ्चालनका लागि बिउ पुँजी प्रदान गरिकोछ भने सो रकमबाट विद्यार्थीहरुले व्यवसाय सञ्चालन गरेका छन् । फेष्टमा २४ वटा स्टलहरु राखिएको छ ।
स्थानीय उत्पादनसँगै परम्परागत खानाका परिकार, उत्पादन सामग्रीहरुको र मनोरञ्जनात्मक कार्यक्रम समेत प्रदर्शनी भईरहेको छ ।

विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई स्थानीय स्तरमा कसरी व्यवहारमा प्रयोग गर्ने र त्यसबाट कसरी रोजगारीको सिर्जना गरी मुनाफा कमाउन सकिन्छ भन्ने ज्ञानको व्यवहारिक प्रयोग गर्ने रोजगार मेलाको मुख्य उद्देश्य रहेको छ ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि प्रकाश रावलले विद्यार्थीको व्यवसायिक क्षमता विकासमा फेष्टले महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले परम्परागत शिक्षा प्रणाली भन्दा व्यवसायिक र व्यवहारिक शिक्षा अवश्यक रहेको उनले बताए । त्यसका लागि शिक्षा नीतिमा विश्व सुहाउँदो परिमार्जन गर्नुपर्नेमा उनको जोड छ ।

ब्रिष्टन कलेजका अध्यक्ष डा. भोजराज पन्तले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बनाउन फेष्ट आयोजना गरिएको बताए ।
उनका अनुसार अध्ययनसँगै व्यवसायिक क्षमता विकासका फेष्टले महत्वपुर्ण भुमिका खेल्ने छ । साथै फेष्टको अवलोकनका लागि अभिभावक तथा स्थानीयहरुमा कलेजले आग्रह समेत गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्