सीएम भलिबल कप: विभागीय टाेलिकाे विजयी सुरुवात, सुदूरपश्चिम र कर्णालीबिचकाे खेल स्थगित

महेन्द्रनगर ।   आजबाट कञ्चनपुरको  महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएकाे छ ।  सुदूरपश्चिम खेलकुद परिषदले आयोजना गरेको उक्त प्रतियोगितामा विभागीय टाेलिहरुले विजयी सुरुवात गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विभागीय टाेलिले विजयी सुरुवात गरेका हुन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–० को सेटले पराजित गरे ।
त्यस्तै तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता अन्तरगत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बीचको खेल बेड लाइट का कारण स्थगित भएको छ । प्रतियोगिताको उद्घाटनपछि आइतबार साँझ सुरु भएको खेल बेड लाइटका कारण १ –१ को बराबरीमा स्थगित आयोजकले जनाएको छ ।
उनिहरुबिचकाे खेल दुबै टिमसँग सल्लाह गरेर बाँकी खेल खेलाइने छ ।
तिन खेल सकिएपछि प्रतियोगिताको उद्घाटन गरिएको थियो । जसका लागि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर पुगेका थिए । प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइए छन। प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिने छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्