अनेरास्ववियुद्वारा सहिद दिवसको अवसरमा दीप प्रज्वलन 

लाल बहादुर एस के
कञ्चनपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पुनर्वास जनता क्याम्पस इकाई कमिटीले सहिद दिवसको अवसरमा मंगलबार कञ्चनपुरकाे पुनर्वास नगरपालिकामा रहेको पुनर्वास जनता क्याम्पसमा दीप प्रज्वलन गरेको कार्यक्रम सम्पन्न गरेको छ । 
अनेरास्ववियु पुनर्वास जनता क्याम्पस इकाई कमिटीको आयोजनामा पुनर्वास जनता क्याम्पसमा सहिदहरू प्रति सम्मान व्यक्त गर्दै दीप प्रज्वलन गरिएको अनेरास्ववियु पुनर्वास जनता क्याम्पसका सह सचिव अपिल नेपालीले जानकारी दिनुभयो । 
अनेरास्ववियु पुनर्वास जनता क्याम्पस इकाई कमिटी सह सचीव अपिल नेपालीको अध्यक्षता र संगठनका निर्वाचन आयोग केन्द्रिय कमिटी सदस्य हिमेश थापाको प्रमुख आतिथ्य र नेकपा एमालेका नेता एवम् वडा नम्बर ६का वडा अध्यक्ष मित्र सिंह लामा र कर्ण बहादुर बुढाको विशेष आतिथ्यमा भएको उक्त कार्यक्रममा संगठनका नेताहरू कार्यकर्ताको सहभागिता रहेको थियो । 

अनेरास्ववियु निर्वाचन आयोगका केन्द्रिय सदस्य हिमेश थापाले देश र जनताका लागि गरेको योगदान र त्यागका गाथा बोकेको सहिद दिवस समस्त क्रान्तिकारी परिवर्तनको आधार रहेको बताउनु भयो ।कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका नेता तथा वडा नम्बर ६का अध्यक्ष मित्र सिंह लामाले राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतका सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ ।

गौरवपुर्ण इतिहास बोकेको यो दिवस केवल दिवस मात्रै नभएर परिवर्तनकारीका निम्ति यो आस्थाको विषय रहेको बताउनुभयो । अनेरास्ववियु पुनर्वास नगरपालिका ईन्चार्ज नन्द राज जाेशीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्