शान्ती मावि बेलौरीको ४६ औँ वार्षिकोत्सव सम्पन्न, यस्ता छन् आगामी याेजना

लाल बहादुर एस.के
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तीपुरमा रहेको शान्ती माध्यमिक बिद्यालयको ४६औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य समारोहका माझ  सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर चौधरीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य तथा सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री कुलबिर चौधरी र बेलौरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकाल , पुर्व क्याम्पस प्रमुख एवं शिक्षा प्रेमी प्रेम सिंह बोहरा , अतिथि शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्ट,शिक्षा प्रेमी केशवराज जोशी ,प्रकाश चन्द्र त्रिपाठी लगायत समाजसेवी / बुद्धिजिवि अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक चन्द्र प्रकाश पोखरेलले गर्नुभएको थियो।

यसैगरी प्रधानाध्यापक प्रेमबहादुर थापाले विद्यालयको आर्थिक बर्ष २०७९/०८० आर्थिक प्रतिबेदनमा विद्यालयको आन्तरिक आम्दानी रु ९६लाख १६ हजार २सय ५७ रुपैयाँ ५२ पैसा र खर्च ९६ लाख १६ हजार २ सय ५७ रुपैयाँ ५२ पैसा र सरकारी अनुदान तर्फ २ करोड ७३ लाख ६ हजार ५३ रुपैयाँ २९ पैसा र खर्च तर्फ २ करोड ७३ लाख ६ हजार ५३ रुपैयाँ २९ पैसा र बिधालयको विभिन्न बैंक खातामा   सरकारी श्रोतबाट ५० लाख ४६ हजार ८ सय ३३ रुपैयाँ ६८ पैसा र निजि श्रोतबाट ४० लाख ४९ हजार ४ सय बत्तीस रुपैयाँ ८९पैसा गरि जम्मा ९० लाख ९६ हजार २ सय ६६ रुपैयाँ ५७ पैसा बचत रकम बैंक मौज्दात रहेको प्रधानाध्यापक थापाले प्रस्तुत गर्नुभएको थियो।

२०७३ साल देखी कक्षा ९ देखी १२ सम्म कृषि बाली बिज्ञान अध्ययन भइरहेको जनाउदै प्राविधिक तर्फ (सिटिइभिटी) सञ्चालनका लागी प्रदेश एवं स्थानीय तहले सहयोग गरि सञ्चालनका पहल गर्न सकिए यस क्षेत्रका विद्यार्थी हरुका लागि बाहिर अन्यत्र जान नपर्ने समेत प्रधानाध्यापक थापाले बताउनुभयो।
कार्यक्रममा सम्मानित हुनेमा कार्यक्रमका बिशिस्ट अतिथि सुदुर पश्चिम् प्रदेश सरकारका निवर्तमान भौतिक पुर्वधार राज्य मन्त्री कुलबिर चौधरी , कृषि बाली बिज्ञान अध्ययन गराउने शिक्षक उत्तम प्रसाद जैशी र शिक्षिका लक्ष्मी पौडेल र विभिन्न खेलकुदमा उत्कृष्ट खेलाडीहरुलाई समेत सम्मानित गरिएको थियो।

कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी बेलौरी वडा नम्बर ४ का अध्यक्ष अर्जुन ढकालले बिधालयको ४६ औं वार्षिकोत्सवको सन्दर्भमा शुभकामना व्यक्त गर्दै वडा  कार्यलयबाट हुने सहयोगमा  सकारात्मक रहेको बताउदै विद्यालयको समग्र विकासमा निरन्तरता दिईरहने  बताउनुभयो । जसरी बेलौरी नगरपालिका वडा नम्बर ४ का जनताले दोस्रोपटक मलाई विश्वास गरि निर्वाचित गर्नुभएको छ त्यसरी नै मेरो जिम्मेवारी प्रतिबद्ध रहने बताउनु भयो । जनताको आवश्यकता लाई मनन गर्दै सडक निर्माण , बाटोघाटो निर्माण ,सिचाइ क्षेत्रको बिकास , सडक बत्ति जडान ,विधुतिय लाईन विस्तार ,शैक्षिक क्षेत्रमा सुधार तथा बिकास लगायतका समग्र बिकासमा  आफू सक्रिय रहेको बताउनुभयो ।
यसैगरी प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले विद्यालयको  समग्र विकासमा सदैव सक्रिय रहने बताउदै आवश्यक बिकास निर्माणका काम पूरा गर्न पहल प्रक्रिया जारी राखेको बताउनुभयो । संघबाट विभिन्न योजना लगायत कबर्ड हल निर्माणका लागि पहल गर्न समेत  काठमाडौ जाने बताउदै  प्रदेशमा बन्ने विभिन्न प्रकारका ऐनकानुनका सम्बन्ध आफ्नो प्रयास सकारात्मक रहेको बताउनुभयो  ।

यस्ता छन् विद्यालयका आगामी नीति तथा कार्यक्रम
-विद्यालयको आवश्यकता र समस्याको पहिचान गरी दिर्घकालीय योजना बनाई सम्बन्धित निकायमा प्रस्तावना पेश तथा पहल गर्ने ।
-वि.एस्सी. एजि. तथा बहुप्राविधिक शिक्षालयको स्थापना ।सिटिईभिटी  बाट छोटो अवधिका सीपमुलक तालिम संचालन गर्ने ।
-प्राविधिक धारतर्फ साविक +२ मा भौतिक विज्ञान र रसायन विज्ञानको जनशक्ति रहेको तर जीव विज्ञानको जनशक्ति न्यवस्थापनका लागी आवश्यक पहल गर्ने ।
-पढ्दै कमाउँदै कार्यक्रमलाई उद्देश्यमुलक र प्रभावकारी बनाउन थप पहल गर्ने साथै कार्यक्रम सम्पन्न भए लगतै लाभांश विवरण तथा आय-व्यय विवरण सार्वजनिक ,शैक्षिक गुणस्तर सुधारका निमित्त रणनिती तर्जुमा, तालिम, छलफल, अन्तरक्रिया जस्ता कार्यक्रमहरू,कक्षाकोठा र शिक्षणलाई प्रविधिमैत्री बनाउन शिक्षक कर्मचारीलाई ल्यापटप ब्यवस्थापन सँगै तालिममा सहभागी गराउने ।

– कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई प्रोसाहित गर्न पुरस्कृत गर्ने ।राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता लगायत, जिल्ला, क्षेत्रिय र राष्ट्रिय स्तरका खेलहरूमा उत्कृष्ट स्थान प्राप्त  खेलाडीहरूलाई पुरुस्कृत र सम्मान गर्ने परम्परालाई निरन्तरता दिने ।
-थप कृषि योग्य जग्गा ब्यवस्थापन गर्ने ।दिगो आर्थिक स्रोतको खोजी तथा व्यवस्थापन गर्ने ।प्राविधिक धारतर्फका सम्पूर्ण कार्यक्रमहरू संचालन गर्नका लागी थप जग्गा खरिद । साथै थप कृषि योग्य जग्गा ब्यब्स्थापन सँगै कृषि उत्पादन वृद्धि गर्ने ।थप अक्षयकोष स्थापनार्थ आवश्यक पहल गर्ने ।निकट भविष्यमा अझै व्यवस्थित, आधुनिक खानेपानीको व्यवस्था गर्ने ।


-आवश्यक थप भौतिक पूर्वाधार निर्माण गरी बेलौरी न.पा. भित्रका बालबालिकाहरुका निमित्त प्राविधिक विषय पठनपाठन सह सर्वसुलभ बनाउँदै एउटा महत्वपूर्ण शिक्षालयको रूपमा स्तरउन्नती गर्ने ।शैक्षिक अध्ययन अवलोकन भ्रमण उद्देश्यपूर्ण उपलब्धीमूलक बनाउने गरी योजना तयार गर्ने ।
-शारीरिक, मानसिक र सामाजिक विकासका निमित्त खेलकुद, बौद्धिक तर्फको कार्यक्रमहरु लाई निरन्तरता दिने ।अभिभावकहरु सँग छलफल, अन्तरक्रिया र सुझाव संकलन।
-बेलौरी नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा चमेना गृह स्थापना गरिने विद्यालयकाे याेजना छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्