मुल्य वृद्धिका नियन्त्रणका लागि युवा संघ र अनेरास्ववियुले बुझायाे सरकारलाई ज्ञापन पत्र

लाल बहादुर एस.के
पुनर्वास
। नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पुनर्वास नगर कमिटीले संयुक्त रुपमा इलाका प्रशासन कार्यलय प्रमुख त्रिभुवन बस्ती मार्फत सरकार लाई मुल्य वृद्धिका सन्दर्भमा ज्ञापन पत्र बुझाएका छन ।

अनेरास्ववियुका नेता संगठनका निर्वाचन आयोग केन्द्रिय कमिटी सदस्य हिमेश थापाले मुलुकको अर्थतन्त्र दिनहु बिग्रदो अवस्था छ । भष्ट्राचार, अनियमितता, विकृती, विसंगतिले आकास छुन लागेको छ । यस्तो संकटको घडिमा राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्दै जिम्मेवारीपूर्ण ढंगबाट आफ्ना काम कारवाहीहरु अगाडी बढाउनु पर्ने हो । तर आज त्यसो हुन सकिरहेको छैन। बरु सरकार आफै संस्थागत रुपमै महंगी, कालोबजारी बढाउँदै जनताको ढाड सेक्ने, सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुबाट गैरजिम्मेवारीपूर्ण ढंगले जनताको ढाड सेक्ने गरि अप्रत्याशित रुपले  सत्ताधारी गठबन्धनका दलहरुले पेट्रोलियम पदार्थ ,ग्यासको मुल्य वृद्धि गरेको हुदा  राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु पुनर्वास नगर  कमिटीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

यसैगरी युवा संघका पुनर्वास नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य जितेन्द्र भण्डारीले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सदैव मुलुकको विकास, शान्ति, समृद्धि, स्थायित्व, संविधान र कानुनको रक्षा एवंम् लोकतन्त्रको पक्षमा अनवरत रुपमा लागेका संगठनहरु रहेको बताउदै । जनताको जनजीविकासंग जोडिएका सवालहरु, संविधानको मर्म , भावना विपरितका क्रियाकलापहरु र लोकतन्त्र विरोधी गतिविधिहरु कदापी स्वीकार्य नरहे बताउनुभयो ।

अनेरास्ववियुका नगर इन्चार्ज तथा विद्यार्थी नेता नन्दराज जोशीले हाम्रो मागहरुलाई वेवास्ता गरी यथास्थिति जारी राखेको सन्दर्भमा चरणवद्ध रुपमा आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका नगर कमिटी अध्यक्ष राम रोकाया,सचीव कृष्ण भुषाल लगायत अन्य विद्यार्थी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्