वडा कार्यालयलाई एमालेकोे ज्ञापनपत्र, अलपत्र योजना सुचारु गर्न माग

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगरपालिका वडा नम्बर १० कमिटिले वडा कार्यालयलाई चार बुदेँ ज्ञापनपत्र बुझाएको छ । सोमबार भीमदत्त–१० को वडा कार्यालयलाई विकास निर्माण कार्यसँगै खबरदारीसहित ज्ञापन पत्र बुझाएको हो ।
वडा कमिटि सचिव नितेस भट्टले वडा कार्यालय भवन निर्माणमा देखिएको गुणस्तरहिन कामको छानबिन, वडा क्षेत्रमा पर्ने चक्रपथ कालोपत्रे, श्रीलंका टोलमा अलपत्र अवस्थामा रहेको खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने लगायतका मागहरु रहेको बताए ।

त्यस्तै दोधाराचाँदनी–भीमदत्त–बह्मदेव–पञ्चेश्वर–झुलाघाट (एन.एच. ६७) राष्ट्रिय राजमार्गको कञ्चनपुर खण्ड गड्चौकी देखि ब्रह्मदेवसम्म जोड्नका लागि गड्डाचौकीे बोर्डर नजिक टे«क खोली ग्राभिल हाल्ने कार्य भईरहेकोमा ठेक्का लागेको काम समेत अलपत्र अवस्थामा रहेकाले यथाशिघ्र सडक निर्माण कार्य अगाडी बढाउन पनि एमालेले वडा कार्यालयसँग माग गरेको छ ।
साथै वडा कार्यालयले पार्टीगत पुर्वाग्रही तरिकाले काम गरिरहेको एमालेको आरोप छ । जनतको आवश्यकता अनुसार काम गर्न निर्वाचित जनप्रतिनिधिलाई एमालेले आग्रह समेत गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्