बाल अनाथालयको छ कोठे भवन उद्धघाटन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित समाज कल्याण अञ्चल बाल अनाथालयको छ कोठे भवन उद्धघाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारको पुर्वमन्त्री एंवम् प्रदेश सभा सदस्य प्रकाश रावलले उद्धघाटन गरे । प्रदेश सभा सदस्य रावलले अघिल्लो कार्यकालमा आर्थिक मामिला मन्त्री हुदाँ उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरेका थिए ।

भवन उद्धघाटन गदैँ सांसद रावलले स्थानीय क्षेत्रको विकासका लागि आफु सधैँ प्रतिवद्ध रहेको बताए । उनले अवसर पाँउँदा विकास निर्माण कार्यका लागि सधैँ अग्रसर हुने बताए । साथै उनले जन अपेक्षाहरुलाई सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
आर्थिक वर्ष २०७९\८० मा सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत सहरी विकास भवन कार्यालयले अनाथालयको ६ कोठे भवन निर्माणको सम्झौता गरेको थियो ।


०७९ मङ्सिरमा धनगढीको राना देव कन्ट्रकसन सङ्ग सम्झौता भएकोमा ०८० असोजमा ६ कोठे भवनको काम सम्पन्न भएको थियो । ३७ लाख ४७ हजार ४ सयमा भवन निर्माण गरिएको हो । छ वटा सटरसहित निर्माण गरिएको उक्त भवन अनाथालयको आय श्रोत बन्ने उद्देश्यसहित निर्माण गरिएको हो । सटर व्यवसायिक तथा प्रयोजनका लागि भाडामा दिईने अनाथालयले जनाएको छ । अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीले भवन निर्माणपछि अनाथालयको आय श्रोत थपिने बताए । सटरहरुलाई व्यवसायिक प्रयोजनका लागि भाडामा दिने अनाथालयले जनाएको छ । कार्यक्रममा बोल्दैँ भीमदत्त नगरपालिकाका प्रवत्ता पदम अवस्थीले अनाथालयलाई सहयोगका लागि पालिका सधै तयार रहेको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्