कञ्चनपुर महोत्सव फागुन २१ देखि, काँग्रेस प्रमुख सचेतक लेखकले उद्धघाटन गर्ने

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा फागुन तेस्रो सातादेखि सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन २१ गतेदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको हो । ‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवको उद्धघाटन पुर्वमन्त्री एव नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गर्ने तय भएको छ । उद्योग वाणिज्य संघले महोत्सव उद्धघाटनका लागि प्रधानमन्त्री पुष्प कमल दहाललाई आग्रह गरेको थियो । प्रधानमन्त्रीको समय व्यस्तता देखिएपछि नेता लेखकलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको संघले जनाएको छ ।
महोत्सव आयोजनाका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जोशीले दश दिनसम्म संचालन हुने महोत्सवमा ३ सय स्टलमा लघु उद्यम, अटो, कृषि, गार्मेन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार, सुचना प्रविधि, विद्युतीय समाग्री, शिक्षा, स्वास्थ्य क्षेत्रका सेवाहरु प्रर्दशन गरिने बताउदै मनोरन्जनका लागि बाल उद्यान सुदूरपश्चिम प्रदेशको लोक संस्कृति खानाका परिकार समेत प्रर्दशन गरिने जानकारी दिदै यस पटक हामीले थारु समुदायको संस्कृति खाद्य परिवार प्रर्बद्धनका छुट्टै थारु गाँउ बनाएर खाने परिकार, संस्कृति कला प्रर्दशन गरिने भएकाले महोत्सवमा भारतीय दर्शकहरु समेत भित्र्याउन सकिने बताउदै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।

अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको र महोत्सवबाट संकलन हुने हरेक टिकटको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने समेत बताउनुभयो। शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकटबाट छुट्टाईएको रकम खर्च गरिनेछ । १०दिनसम्म संचालन हुने महोत्सवमा ३ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिएको बताउदै मेलाबाट ५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्