नेपाल बैंक र मन्त्र अस्पतालबिच एमओयूमा हस्ताक्षर, सेवाग्राहीलाई २५ प्रतिशत सम्म छुट

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल बैंक लिमिटेड र मन्त्र अस्पताल तथा रिसर्च सेन्टरबिच समझदारी पत्र(एमओयू)मा हस्ताक्षर भएको छ । शुक्रबार बैंक र अस्पतालबिच आफ्ना सेवाग्राहीलाई सुलभ सेवा प्रदान गर्ने सर्तसहित समझदारी पत्रमा सम्झौता गरिएको हो । सम्झौताका लागि नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डे कञ्चनपुर पुगेका छन् । समझदारी पत्रमा बैंकको तर्फबाट सिईओ पाण्डेसहित महेन्द्रनगर शाखा प्रवन्धक महेशराज जोशीले हस्ताक्षर गरेको छन् भने अस्पतालकोतर्फबाट मन्त्र अस्पतालका अध्यक्ष कैलाशचन्द्र भट्ट र एमडी गोबिन्द रोकायाले हस्ताक्षर गरेका छन् ।
दुई पक्षीय समझदारीपछि बैंकका सिईओ पाण्डेले बैकिङ सेवालाई सहज र विस्तार गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । सोही अनुसार बैकले सेवाग्राहीको सुविधालाई मध्यनजर गदैँ विभिन्न अस्पताल, होटललगायतका संस्थाहरुसँग सेवा सम्झौता गर्दै आएको बताए । बैंकका महेन्द्रनगर शाखा प्रवन्धक जोशीले सम्झौतापछि नेपाल बैंकका सेवाग्राहीले बिरामी हुदाँ मन्त्र अस्पतालमा ओपीडी र ईर्मजेन्सीमा २५ प्रतिशत छुट पाउने छन् भने क्याबिन बुकिङमा २० प्रतिशत, जनरल वेड, आईसीयू तथा एनआसीयू १५ प्रतिशतसम्म छुट पाउने छन् ।
जसका लागि ग्राहकले मुबाईल बैकिङ, एटीएम कार्ड, चेक अथवा बैंकको ग्राहक भएको पुष्टी हुने विवरण देखाएमा छुट सुविधा प्राप्त गर्न सकिने शाखा प्रवन्धक जोशीको भनाई रहेको छ । त्यस्तै मन्त्र अस्पतालका प्रमुख व्यवस्थापक डाक्टर गोविन्द रोकायाले स्वास्थ्य सेवालाई सहज र सुलभ रुपमा उपलब्ध गराउन आफुहरु प्रतिवद्ध रहेको बताए । साथै स्थानीयलाई उपचारमा छुट सुविधा दिन बैंकसँग सहकार्य गरिएको पनि उनले बताए । बैंकले अस्पतालको प्रचार–प्रसारसँगै वित्तिय रुपमा परार्मश प्रदान गर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्