महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा समविकास समाज नेपाल (नीड्स नेपाल) को २५ औँ स्थापना दिवस दिवस तथा रजत जयन्ती सम्मन्न भएको छ । आप्रवासन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने सुदूरपश्चिमकै अग्रीण संस्थाको रुपमा रहेको निड्सले आईतबार संस्थाको २५ औँ वार्षिकोत्सव आयोजना गरेको हो । २०५५ साल फागुनमा बेलौरीको श्रीपुरस्थित महिला समुह गठन गरि बचत संकलनबाट सुरु यात्रा सुरु गरेको यो संस्थाले सामाजिक क्षेत्रमा देशव्यापी रुपमा पहिचान बनाउन सफल भएको छ ।
२०६० सालमा महेन्द्रनगर कार्यालय स्थापना गरि उद्यम, सीप र विपद् व्यवस्थापनका क्षेत्रमा काम सुरु गरेको निड्सको यात्रा निरन्तर सामाजिक क्षेत्रमा सक्रिय छ । २०६४ को बझाङ पहिरो होस या २०६५ मा सुदूरपश्चिको तराई क्षेत्रको बाढीमा निड्स नेपाल खोज, उद्धार र राहत वितरण कार्यमा अग्र पंङक्तीमा रह्यो । विपद् व्यवस्थापन तथा जलवायु परिर्वतनलाई प्रमुख क्षेत्रको रुपमा लिएको निड्सले सुरक्षीत आप्रवासन र आधारभुत मानवीय आवश्यकको सवालमा पनि समानान्तर रुपमा काम गदैँ आईरहेको छ ।
ग्रामिण क्षेत्रमा समुह गठन गरि बचत संकलन, प्रौढ तथा प्रजजन स्वास्थ्य शिक्षा दिने कामबाट संस्थाको काम सुरु गरेको निड्सले ग्रामिण क्षेत्रका नागरिकलाई सामाजिक रुपान्तरणमा जोड्नसका साथै विपद् व्यवस्थापन, जलवायु परिर्वतन र आप्रवासनको सवालमा काम गदैँ आईरहेको छ । संस्थाका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको वार्षिकोत्सवमा गैर–सरकारी संस्थां महासंघ नेपालका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । वार्षिकोत्सवको अवसरमा निड्सले विभिन्न साझेदार संस्थाहरु तथा व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले संस्थाको २५ वर्षे उपलब्धिबारे जानकारी गराएका थिए ।
यस्तो छ कार्यकारी निर्देशक रेग्मीको संक्षीप्त संस्थागत प्रतिवेदन
निड्स नेपालले पञ्च वर्षिय योजनासहित संस्थाका योजना कार्यान्यवन र लक्ष्य प्राप्तीका लागि काम गदैँ आईरहेको छ ।
स्थापनाको पहिलो ५ वर्षः २०५५ देखी २०५९
-संस्थाका उपाध्यक्ष केशवदत्त बडूको घरबाट नै ५ वर्ष कार्यालय सञ्चालन गरि बेल्डाँडी, रामपुर र श्रीपुरका महिलाहरुका लागि प्रौढ शिक्षा, महिला समुह गठन गरि कार्य प्रारम्भ गरेको ।
-२०५९ सालमा महिलाहरुको प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वका लागि २०५९ सालमा परिवार नियोजन संघबाट परियोजना हस्तान्तरण लिई स्वास्थ्य क्लिनिक, स्वास्थ शिविर समेत संचालन गरिको ।
स्थापनाको दोश्रो ५ वर्षः २०६० देखी २०६५
– २०६० सालमा जिल्ला सदरमुकाममाकार्यालय स्थापना,
-तत्कालिन सात गाविसका विपन्न समुदायको आर्थिक सशक्तिकरणका लागि आयमुलक कार्यक्रम, मुक्त कमैयाहरुको सिप प्रवद्र्धन ।
– केरा खेती, माछापालन, वगरमा तरकारी खेती मुल्यश्रृखला सवलीकरण र एल.आर.पि.तयारः १५०० हेक्टर, ८०० विघा, १८७५ जना प्रत्यक्ष लाभाविन्त भएका ।
– मानव अधिकार सचेतना, द्धन्द्ध कालमा मध्यस्थता, २०६२।६३ लोकन्त्रीक आन्दोलनको अगुवायि ।
-दोदा वाढी प्रभावीतहरुलाई सहयोग र सामुदायिक वीउ बैंक स्थापना, सहकारी स्थापना,
स्थापनाको तेश्रो ५ वर्षः २०६६ देखी २०७०
-सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा जिल्ला भरिका १९ गाविस र १ मा समता पहुच अन्तरगत बाल तथा मातृमृत्यु दर कमी ल्याउन स्वास्थ्य संस्थामा सुत्केरी प्रोत्साहन, न्यानो झोला अवधारण स्थापना ।
– जिल्ला सदरमूकामा स्थायी कार्यालय स्थापनाका लागि जग बसाउने कार्यका लागि जमिन व्यवस्थापन ।
-संविधान सभा, सुदूरपश्चिम विश्वविद्यालय स्थापना लगागतका विभिन्न सवालमा पैरवी र सहजीकरण ।
स्थापनाको चौथो ५ वर्षः २०७१ देखी २०७५
– भारत मूखिआप्रवासको सवाललाई मानवअधिकार आयोग, सुरक्षित आप्रवासन राष्ट्रिय संजालमा आवद्धता ।
– संस्थालाई जलवायु परिवर्तन अनुुकुलन र विपद् व्यवस्थापन क्षेत्रको सवालमा संस्थालाई स्थापित नेतृत्व ।
– सुदूरपश्चिम बाहिर बाँके, बर्दियासम्म कार्यक्षेत्र विस्तार ।
स्थापनाको पाँचौ ५ वर्षः २०७६ देखी २०८०
-कोभीड–१९ को महामारीमा दु्रत प्रतिकार्यमा सुदूरपश्चिम प्रदेशमा सक्रिय, होल्डीङ सेन्टर निर्माणसँगै सिमा नाकामा आप्रवासीलाई सहयोग ।
– विपद्वाट प्रभावीतहरुको तत्काल सहायतका लागि मानवीय सहायता साझेदारी मञ्चमार्फत सुदूरपश्चिम, लुम्वीनी, कर्णालीमा प्रतिकार्य र कोशीको पाँचथर र झापामा समेत विपद् पूर्व तयारीका कार्यमा सहभागीता ।
-संस्थाको आठौ पंचवर्षिय रणनीतिक योजनामार्फत संस्थाको मूल विषय ः मर्यादित आप्रवासन, र त्यसका मुल कारणलाई विषयगत क्षेत्र बनाई भिजन मिसनलाई थप परिस्कृत गरिएको ।
– जलवायु परिवर्तन असर तथा विपद् व्यवस्थापन, उद्यमशिलता र रोजगारी, मौलीक हक अन्तरगत सवालहरुः स्वाथ्य, शिक्षा, पोषण, खानेपानी सरसफाई, आवास, सामाजिक सवाल,
तथ्याकिय प्रगति संक्षिप्त
– परियोजना र वजेटः साना ठुला गरि ११६ परियोजना, २५ वर्षमा करिव ७२ करोड १३ लाख ४८ हजार २ सय १ रुपैया ४० पैसा ।
– वजेट खर्च प्रतिशतः सामाजिक न्याय र अधिकारको क्षेत्र (२०. प्रतिशत) विपद् तथा जलवायु अनुकुलन (५५ प्रतिशत) सुरक्षित आप्रवासन र उत्थानशिल जिवीकोपार्जन (२५प्रतिशत) ।
– थप विषयगत क्षेत्रलाई विश्लेषणः जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन २० प्रतिशत, मानवीय सहायता २० प्रतिशत, शिक्षा ५प्रतिशत, स्वास्थ्यपोषण १५प्रतिशत, खानेपानी सरसफाई २०%, कृषितथाउद्यमशिलता२०%
-लाभान्वीत घरधुरीः ८ लाख४७ हजार २ सय ६८ परिवारप्रत्यक्ष रुपमा लाभान्वीत ।
– लैगिक रुपमा लाभान्वीत: पूरुष २५ प्रतिशत ,महिला ४५ प्रतिशत , बालबालिका १२ प्रतिशत , युवा किशोरी १८ प्रतिशत लाभान्वीत ।
-समुदायगत रुपमाः दलित २४ प्रतिशत, जनजाती २८ प्रतिशत, अन्य समुदाय ४८ प्रतिशत लाभान्वीत ।
– मानव श्रोत परिचालनः २५ वर्ष भित्र संस्थामा स्वयंसेवक वाहेक ४२० जना कर्मचारी (महिला २५३, पूरुष १६७) दलितः ५४ जना (म.३५, पू.१९) जनजातीः४४ जना (म.२१, पू २३) अन्य ३०२ (म.१७७, पू.१२५)
सवालको नेतृत्व र पैरवीः
– जलवायु परिवर्तन र विपद् व्यस्थापन, भवन संहिता, कृषि मूल्य श्रृखलाको सवलीकरणमा पैरवी, भारतमूखि श्रम आप्रवासनको सवाल, एच.पि.पि. मार्फत मानवीय सहायता, दलदल र नदि तटीय जमीन उकास,जैविक तटवन्ध प्रारम्भ, वालीसुरक्षण अभ्यास लागु, जलवायु मैत्री कृषि अभ्यास,कृषि क्षेत्रको व्यवसायिकरण, सामुदायिक बीउ वैक विकास,
सवाल पहिचान र पैरवीः सुरक्षित आप्रवासन, जलवायु, विपद आदी ।
सुशासनः संस्थागत नेतृत्व विकास, सुशासन, लोकतान्त्रीकअभ्यास र सामुहिक निर्णय, समय सापेक्ष नीतिनिर्माण, आन्तरिकिरण,
संस्थागतः व्यक्तिगतभन्दा माथी उठेर संस्थागत सोच, समय सापेक्ष, सिस्टम सवलीकरण
समस्या चुनौतिः जलवायु परिवर्तन असर, विपद्, असमानता, सिस्टममा काम नहुनु, युवा पलायन,
अवसरः उत्पादन, आयात रोकथाम, वजारिकरण, नीतिगत पैरवी, वस्तुगत सहकारी र सामाजिक उद्यशिलता
निडस नेपालले सामाजिक न्याय र समृद्धिसहितको उत्थानशिल समाज निर्माणको परिकल्पना गरेको छ ।