हतकडीसहित भागेका थुनुवा पक्रिन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

कैलाली । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिप्रका दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो ।
हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले नेपाल प्रेसलाई बताए ।
हतकडीसहित भागेका कुवरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनी यसअघि माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका-४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्